नेपाली चेली जोली अमात्य राष्ट्रिय युवा पुरस्कार बाट सम्मानित

इनेप्लिज २०७४ साउन २९ गते १७:१३ मा प्रकाशित

नेपाल पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोली अमात्यलाई राष्ट्रिय युवा पुरस्कार बाट सम्मानित गरिएको छ l

उनलाई नेपालका वर्तमान युवा तथा खेलकुद मन्त्रि राजन केसीले एक समारोहमा काठमाडौँमा सम्मान गरेका हुन् l उनि कार्य व्यस्तताको कारण उपस्थित हुन् नसक्दा उनका माता पिता लाई उक्त पुरस्कार हस्तान्तरण गरिएको छ l

सयुक्त राष्ट्र संघको इतिहास मै नेपाल आमाकी छोरी जोली अमात्य राष्ट्र संघ युवा सम्मेलन कि प्रथम नेपाली युवती युवा सम्मेलन अध्यक्ष बन्न सफल भएकी हुन् l

उक्त पदमा नियुक्त हुने सबै भन्दा कनिष्ठ तथा पहिलो नेपाली मुलकी बनेकी छिन् । पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकि जेष्ठी सुपुत्री जोली यो पदमा पुगी नेपाल र नेपालीको शिर उच्च बनाउन सफल भएकी छिन् ।

 

 

प्रतिक्रिया