बाल्टिमोरमा लमजुंग समाजको बनभोज भब्यताकासाथ सम्पन्न

इनेप्लिज २०७४ साउन ३१ गते ७:४२ मा प्रकाशित

१५ अगस्ट २०१७, वाशिंगटन डिसी – अमेरिकाको बाल्टिमोरमा लमजुंग समाजको बनभोज भब्यताकासाथ सम्पन्न भएको छ।आन्द्र महासागरको तटमा रहेको गण पाऊडर पार्कमा यही अगस्ट १३ तारिख आइतबार लमजुंग अमेरिका सेवा समाजको
पहिलो गृष्मकालीन बनभोज करिब साढे चारसय नेपालीहरुको ऊपस्थितीमा भब्यताकासाथ सम्पन्न भयो।

पेन्सिल्भानिया र म्यारिल्याण्डका लागी नेपाल सरकारका महा बाणिज्यदुत प्रेमराजा महतको प्रमुख आतिथ्यमा भएको उक्त
बनभोजमा नर्थ अमेरिका महादेशकै सबैभन्दा जेठो संस्था अमेरिका नेपाल समाज ( सोशाईटी ) १९६७ का पुर्ब अध्यक्ष खेम भट्टचन, एनआरएनका अध्यक्षका ऊम्मेद्वार रबिना थापा, बानाका अध्यक्ष अनु वोन्त लगायत करिब दुई दर्जन  बिभिन्न संघ संस्थाका अध्यक्षहरु ऊपस्थित थिए। प्रबाशी नेपाली मंच अमेरिकाका केन्द्रीय अध्यक्ष प्रभु थापाले  आगन्तुक पाहुनाहरुलाई स्वागत गरेका थिए।

पेन्सिल्भानिया पुगेर ल्याएको सानो खसीको मासु सहितको खानाका विभिन्न परिकारहरुमा नेपालको लमजुंग जिल्लाकै प्रचलित
अनिदी को चामलको चाम्रे बनभोजको सबैभन्दा स्वादिस्ट र आकर्षक परिकार थियो। अनिदीको चामलको चाम्रेको साथै
लमजुंग जिल्लाको ठेट लोक संस्कृती झल्कने ठाडो भाका सालैजो दिनभर बनभोजमा घन्किएको देख्दा  लमजुंग जिल्लाकै रोदी घरको याद दिलाऊन आयोजकहरु सफल भएका थिए। लमजुंग अमेरिका सेवा समाजका अध्यक्ष सशी थापाको अध्यक्षतामा संछिप्त स्वागत कार्यक्रम गरिएपछी  दोहोरी गायीका सृजना बिरहीले तिजको गितमा सबैलाई नचाएकी थिइन्।

प्रतिक्रिया