नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी ब्यारेजको साँचो नेपालको हातमा हुनुपर्ने बताएका छन् ।
कोशी ब्यारेजका ढोका नखुल्दा बाढी र डुबानले तराई आक्रान्त भइरहेका बेला ओलीले भारतलाई चेतावनी दिँदै कोशी नेपालकै भाग भएकाले त्यसको साँचो नेपालले नियन्त्रणमा राख्नुपर्ने बताए । कोशीको साँचो भारतको हातमा हुनु उचित नभएको ओलीको भनाई छ ।
उनले भने– ‘कोशीमा अहिले पानी रोकेर राख्नुपर्ने आवश्यकता छैन् । नेपाल सरकाले तुरुन्त वार्ता गर्नपर्यो । कोशी ब्यारेजका ढोका खोल्ने नखोल्ने भारतको हातमा छ । यो पनि उचित भएन् । थप कुराकानी गर्नुपर्यो । र नेपालकै हातमा राख्नुपर्यो । नेपालकै भाग हो । नेपालले त्यो साँचो नियन्त्रण गर्नुपर्यो ।’
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=8N8Vp-q6rUk
प्रतिक्रिया