छाया“छबि तीज म्यूजिक अवार्ड २०७४

इनेप्लिज २०७४ साउन ३१ गते १४:३० मा प्रकाशित

नेपाली गीत÷संगीत संसकृतिले धन्यधान्य छ । खासगरी हाम्रा रितिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथी यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइराखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खारगरी महिलाका आवाजहरु गुञ्जीन्छन् । आजभोली बदलीदो परिस्थितिमा पुरुषका स्वर पनि प्राथमिकतामा आउनथालेको छ । वर्तमान तीज संगीत महिला मात्रैको नरहेर पुरुष स्वरमा पनि गुञ्जीन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पाराको नाममा विकृतितीर समेत धकेलिन लागेको आरोप लागीरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै चौंथो छायाँछबि तीज म्युजिक अवार्ड –०७४ को आयोजना गर्न लागिएको हो ।

तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या ७०० भन्दा पनि माथि छ । तर यी गीत संगीतका श्रष्टा तथा सर्जक प्रोत्साहनबाट वञ्चीत छन् । यस अवस्थालाई मध्यनजर गर्दै सांस्कृतिक पर्व तीजका अवसरमा ती गीत संगीतलाई प्रोत्साहन मिलोस र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले उत्साहित हुने मौका पाउन भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको हो ।

हुन त यतिखेर देशको तराई भाग विशं परिस्थितमा छ । तर पनि हरेक मान्छेले आफ्नो कर्म भने छाड्न मिल्दैन र हुँदैन पनि । यसैले परिस्थितिले त्यति साथ नदिए पनि मौलिक सांस्कृतिक पर्व तीजलाई हामी मनोरञ्जनको भन्दा पनि संस्कृतिको निरन्तर्ताको रुपमा आयोजन ागर्न थालिएको अवार्डलाई यसैसँग जोडेर गरिरहेका छौं । देश आहात भएको बेला हामीले यस आयोजनालाई पनि मनोरञ्जक भन्दा गतिविधिको रुपमा लिँदै केही न केही भए पनि राहात संकलन गरी होस्टेमा हैंसे गर्ने निदो गरेका छौं । मुलतः मनोरञ्जन भनदा पनि संस्कृतिको पर्व तीज अवार्डको चौंथो श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागी आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं ।

शान्तिप्रिय
अध्यक्ष
छायाँछबि तीज म्युजिक अवार्ड –०७४
९८४१७११७७३, ०१–४४३९१८०

उत्कृष्ट ५ मनोनयन यसप्रकार छन् र हेर्न यहां क्लिक गर्नुहोस

 

 

 

 

 

 

प्रतिक्रिया