नाच्दै खेल्दै.. बोलको बाल-गीत सार्वजनिक

इनेप्लिज २०७४ साउन ३१ गते २२:२२ मा प्रकाशित

संचारकर्मी शिव तिवारीको रचना तथा स्थानिय गायिका शुभेक्षा तिवारीको स्वर रहेको नाच्दै खेल्दै.. बोलको बाल-गीत भर्खरै सार्वजनिक गरिएको छ । गीतमा सन्तोस श्रेष्ठको सुमधुर संगीत रहेको छ भने उक्त गीतको म्युजिक भिडियो हाईलाईटस नेपालद्वारा  युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

तिवारीले  आफ्ना शब्दहरु मार्फत मार्मिक ढङले स्वदेशी माटोको सुगन्धमा बालापन मिसाउदै नेपालको प्राकृतिक सुन्दरताको खुलेर प्रसंशा गरेका छन । गीत सुन्ने र हेर्ने  जो कसैले पनि आफ्नो बालापनको याद गर्छन्, आफू हुर्के बढेको गाँउ, नदि-नाला, हिमाल-पहाड, चरा-चुरुङिहरुसँग रमाइरहेको अनुभुती गर्न पाउँछन ।   त्यस्तै आफ्नो रितिरिवाज, चाडपर्व सम्झिदै आफ्नै आगनको मनमोहक फूलहरुसँग खेलिरहेको स्मरण गर्न पाउँछन ।

गीत अहिले राष्टिय भाबनाले ओतप्रोत बाल गीतको रुपमा बिभिन्न संचार माध्यममा लोकप्रिय हुँदै गईरहेको छ ।

(नेपाली साहित्य तथा समाजसेवामा रुची राख्ने संचारकर्मी शिव तिवारी हाल बेलायतको स्कट्ल्यान्ड एबर्डिनमा सपरिवार बस्दै आएका छन ।)

प्रतिक्रिया