पशुपति शर्माले हरिदेबीको गीत चोरेर किन गाए ? हरिदेवी भन्छिन्–दुःखी छु (भिडियो)

इनेप्लिज २०७४ साउन ३२ गते १४:५६ मा प्रकाशित

चर्चित गायक पशुपति शर्माले बरिष्ठ गायीका हरिदेबी कोइरालाको गीत चोरेर गाएको खुलासा स्वयं हरिदेबिले गरेकी छन् । गत बर्ष तीजमा आएको गीत ‘मेरो माया बसेको ठाउंमा, बत्ति बाल्नै पदैन त्यो गाउंमा’ भन्ने बोलको गीत हरिदेबीको मेरो माया हिराको हार भन्ने एल्बममा  समावेस गरिएको छ । हामीसंगको अन्र्तवार्तामा हरिदेबीले गीतको एक टुक्का ठ्याक्कै मिलेको र आफ्नो संग्रहमा समेत गरहेका बताएकी छन् । उनि भन्छिन् अझ पनि सच्चाउन सकिन्छ तर पशुपतिले कुनै वास्ता गदैनन्’न् । उनि थप्छिन‘ भाई बहिनीहरुले यस्तो नगरेको भए हुन्थ्यो, आफूले रतौलीमा गाएको गीत तीजमा पशुपतिले नगाएको भए पनि हुन्थ्यो ¹। उनको भनाईमा पशुपतिले पहिलेको लेकै फुल्यो लालिगुरांसलाई सहमतिमै नया निकालेका थिए तर यो मेरो माया बसेको ठाउंमा भन्ने बोलको गीतबारे आफूसंग कुनै छलफल नभएको बताईन्  । पछि गीत बजारमा आउदा पो आफू छक्क परेको तर उनीप्रति कुनै उजुर नगरेको समेत बताईन् । पशुपतिले मात्र होईन हरिदेबीका कुनै न कुनै गीत अरुले पनि चोरेर आफ्नो शब्द भनि निकालेका छन् । हेरौं भिडियो, को–कोले चोरे हरिदेबीका गीत ?

प्रतिक्रिया