समाजसेबी नन्द ढुङानाको उम्मेदवारी NRNA -ncc कतारमा!

इनेप्लिज २०७४ साउन ३२ गते १५:१२ मा प्रकाशित

ध्रुब क्षेत्री” दोहा कतार , गैरआवासीय नेपालि संघ, राष्ट्रिय समन्वय परिषद कतार- २०१७-१९ कार्यकालका लागि “अनुसासन तथा अनुगमन समिती संयोजकमा काभ्रेपलान्चोक सेवा समाज कतारका अध्यक्ष तथा काभ्रे स्थाई घर भइ हाल कतारमा बिभिन्न माध्याम बाट समाज सेवामा ख्याती कमाएका युवा समाजसेबी नन्द प्रसाद ढुङाना ले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ! ढुङानाले आफ्नो फेसबुक बाट एक विज्ञप्ति जारी गर्दै आफुले उम्मेदवारी दर्ता गराई सकेको जानाकरी गरेका हुन् । आगामी सेप्टेम्बर को पहिलो सातामा महासंघ कतार साखाको महाधिवेशन हुदैछ ! आफु खुल्ला राजनीति भन्दा पर रहेकोले यो स्वतन्त्र संस्थाको “अनुसासन तथा अनुगमन समिती संयोजक हुन लायक भएको र उमेद्वारी प्रस्तुत गरेको ढुङाना द्वारा जारी बिज्ञप्तीको पेटबोली छ । साथै “अनुसासन तथा अनुगमन समिती को खुल्ला सदस्या मा चितवन निवासी (राज) सिभराज भटराई ले पनि आफ्नो उम्मेद्वती दर्ता गराउनु भएको छ! श्री ढुङाना र भटराई ले सम्पुर्ण कतार निवासी समाजका अग्रज, सामाजिक एबम बैचारिक सस्थाका प्रमुख तथा परिषद सदस्यलाइ आफ्नो अमुल्य मत दिएर आफुलाई जिताउन आग्रह गर्नु भएको छ!

ढुङाना द्वरा जारी गरेको विज्ञप्ति यसप्रकार छ :

आदरणीय कतारबासी परिषद सदस्य ज्युहरु, एनआरएनए कतारका अभियान्त ज्युहरु, बैचारिक एबम सामाजिक संस्थाका मित्रहरू एवंम ब्यबसायी मित्रहरुमा नमस्कार एवंम अभिवादन!
गैरआवासीय नेपालि संघ, राष्ट्रिय समन्वय परिषद कतार- २०१७-१९ कार्यकालका लागि “अनुसासन तथा अनुगमन समिती संयोजकमा मेरो उम्मेदवारी दर्ता भएको जानकारी गराउन चाहान्छु!
विभिन्न सामाजिक संस्थामा रहि काम गरेको अनुभवलाई समेट्दै आगामी निर्वाचनमा NRNA-NCC Qatar को नयाँ कार्यसमिति पद सानो तर जिम्मेवारी जोखिमपूर्ण भएपनि आफुलाइ उक्त पदको लागि योग्य ठान्दै सामाजिक रुपमा अझै सशक्त रुपमा अगाडी बढ्ने निधो गरेको छु! निर्वाचनको समयमा मात्रै प्रचारप्रसारमा अगाडी बढ्ने, निर्बाचित भएपस्चात कार्यसमिती बैठकमा कार्यकाल अबधी भरमा जम्मा १/२ पल्ट मात्रै उपस्थित हुने, संस्थाको निर्देशिका बिपरित कार्यहरु गर्ने, दिएको जिम्मेवारी पूरा नगर्ने देखि संस्थालाइ नै कमजोर बनाउनेसम्मका कार्यहरु हुने गरेको तपाईं हामिले देखेकै छौं!
त्यसैले आगामी निर्वाचनमा मैले अनुसासन तथा अनुगमन समितीमा संयोजकमा रहेर संस्थालाइ बलियो बनाउने उदेश्य सहित निर्वाचनमा अगाडी बढेको छु! यी सबै खाले समस्यालाई पुर्ण रुपमा अन्त्य गर्दै सम्पुर्ण निर्बाचित टिमलाइ द्रुतगतिमा अगाडी बढाउन मेरो पहल रहने छ! मलाइ लाग्छ यहाँहरुको साथ र सहयोगले अवस्यपनि उक्त अवसर प्रदान गरि संस्था बलियो बनाउन सहयोग गर्नुहुनेछ ।

सामाजिक एकता, आपसी सद्भाव र कतारबासी नेपाली समुदाय बिचको सम्बन्धलाइ बलियो बनाउने मेरो मुख्य उदेश्य रहेको छ! आशा छ उक्त पदका लागि मलाइ योग्य सम्झी यहाहरुले सम्भबत निस्पक्ष एवंम निर्बिरोध रुपमा उक्त पदको जिम्मेवारी हस्तान्तरण गर्नुहुनेछ!

आगामी दिनहरुमा सदैब यहांहरुको साथमा रहदै सल्लाह, सुझाब एवंम आपसी परामर्शका साथ अगाडी बढ्ने विस्वास दिलाउदै उक्त निर्बाचनमा सहयोग गर्नका निम्ति अनुरोध गर्दछु! आशा छ नेपाली समाज कतारले मलाइ गरेको माया सदैब रहनेछ । उक्त मायाको अन्तर आत्मादेखी नै मैले सम्मान गरेको छु ।

धन्यवाद
नन्द प्रसाद ढुङ्गाना
अनुसासन एवंम अनुगमन समिती
(संयोजकको )उम्मेदवार – २०१७-१९
गैरआवासीय नेपालि संघ,
राष्ट्रिय समन्वय परिषद, कतार

प्रतिक्रिया