भर्जिनियामा विद्यार्थी नेताहरु सँग अन्तरक्रिया

इनेप्लिज २०७४ साउन ३२ गते २१:४८ मा प्रकाशित


नेपाल विद्यार्थी संघ का केन्द्रिय सभापति नयन सिंह महर तथा महामन्त्री सरोज थापा र बिदेश बिभाग सल्लाह्कार डि बि सुनार सँग हालै भर्जिनियामा अन्तरक्रिया र भेटघाट कार्यक्रम सम्पन्न भयो ।

भेटघाटको अवसर मा सभापति महर ले नेपाल को बर्तमान राजनीतिक अवस्था तथा मात्री पार्टी नेपाली कांग्रेस को निती धारणा र भात्री सँगठन् को भूमिका बारे मा प्रकाश पार्नु भएको थियो।

त्यस्तै महामन्त्री थापा ले नेपाल को बर्तमान शिक्षा निती र विद्यार्थी संगठन हरुको भूमिका बारे प्रकाश पार्नु भएको थियो । नेपाल मा हालै भएको बाढी र पहिरो बाट प्रभावित क्षेत्र मा अमेरिका बासी नेपाली हरुबाट सक्दो सहयोग गरेर देश र आम नेपाली जनता मा परेको पिडामा मल्हम लगाउन पनि उहाँहरुले अपिल गर्नु भएको थियो ।

उक्त कार्यक्रममा नेपाली जनसंपर्क समितिका केन्द्रिय उप-सभापति द्वय सि पि पौडेल र केशव बराल,डा रमेश पन्त,मुक्तिनाथ पन्त,अर्जुन सिग्देल,गोविन्द सुबेदी दधी ढुंगाना डोरेन अधिकारी न्यु मेक्सिको च्याप्टर का पूर्व सभापति डा.देश राज संयोक,न्यु जर्सी च्याप्टर का सभापति रण छेत्री लगायत ले आफ्ना जिज्ञासा राख्दै सुझावहरु दिनु भएको थियो ।

संयुक्त राष्ट्र संघ को कार्यक्रम मा सहभागि भै नेपाली कांग्रेस का भात्री सँगठन का कार्यकर्ता हरु सँग भेट्घाट गर्न आउनु भएका विद्यार्थी नेताहरु लाई च्याप्टर का महासचिव किरण लामा ले स्वागत गर्नुभएको थियो भने अन्तरक्रिया कार्यक्रमको सभापतित्व नेपाली जनसंपर्क समिती अमेरिका भर्जिनिया क्याप्टरका सभापति राम शरण हुमागाइले गर्नु भएको थियो ।

प्रतिक्रिया