बाल्टिमोरमा तीजको शुभकामना सहित चेलीबेटीलाई दर खुवाईयो

इनेप्लिज २०७४ साउन ३२ गते २२:१६ मा प्रकाशित

 

बाल्टिमोर ,श्री राधा गोविन्द मन्दिर तथा पशुपतिनाथ मन्दिर निर्माण समितीको आयोजना मा गत अगस्त १३ तारिखका दिन तीजको शुभकामना सहित रमाइलो नाचगान गर्दै दर खाने कार्यक्रम सम्पन्न गरेको छ l

उक्त कार्यक्रम मा झन्डै एक सय भन्दा धेरै महिलाहरुले नाच गान गर्दै स्वादिस्टदर को मज्जा लिएका थिए । कार्यक्रममा अतिथी को रुपमा उपस्थित हुनु भएकी बाना कि अध्यक्ष अनसुया श्रेष्ठ वन्त ले शुभकामना मन्तब्य दिएकी थिइन् l

उहाले बिदेशमा बस्ने सम्पूर्ण नेपालीहरु जात धर्म नभनी सबै एक भएर आफ्नो संस्कृति को रक्षा गर्नु पर्ने कुरामा जोड दिएकी थिइन् कार्यक्रम मा राधा गोविन्द मन्दिर का अध्यक्ष श्री महाराज भास दास ले मन्दिर परीसरमा सबैलाई स्वागत गरेका थिए l

कार्यक्रम सन्चालन डा उत्तम गौली ले गरेका थिए भने कार्यक्रममा पशुपती नाथ मन्दिर निर्माण समितीका उपाध्यक्ष बिश्व राज गौतम ले मन्दिर बिस्तार तथा पशुपतिनाथ मन्दिर निर्माण को बारेमा जानकारी दिएका थिए l मन्दिरले बिभिन्न नेपाली चाडबाड मा कार्यक्रम गर्दै आएको जानकारी दिएका थिए l

उक्त कार्यक्रममा जग्गनाथ धामका श्रीकान्त नायक , पशुपतिनाथ मन्दिरका पुजारी मधु प्रसाद गौली तथा तीज कार्यक्रम आयोजना प्रमुख शारदा रायमाझी ले शुभकामना दिएका थिए l

पशुपतिनाथ मन्दिर को निर्माण कार्य २ बर्ष अगाडी स्थानीय व्यक्तिहरुको पहल मा सुरु भएको हो l केहि महिना मै एक समारोह बीच शिवलिङ र बसहा सहित को मन्दिर स्थापना हुने जानकारी मन्दिर निर्माण समितिका संयोजक डा. बिशाल भण्डारी ले दिएका छन् l

साथै उक्त मन्दिर बाल्टिमोर ,ग्लेन बर्नी ,एनापोलिस ,कोलम्बिया ,लौरेल तथा क्रोफ्टन नजिक बसोबास गर्ने नेपाली समाजलाई निकै पायक पर्ने स्थानमा रहेको छ l हाल सन्चालनमा रहेको राधा गोविन्द मन्दिर लाई बिस्तार गरेर पशुपतिनाथ, राधा कृष्ण मन्दिर्, बुद्ध र श्री कैलाश सभागृहको पनि निर्माण हुने जानकारी दिइएको छ l

 

प्रतिक्रिया