” तीज महोत्सब अमेरिका – २०७४” सम्बन्धी अपडेट: के के हुँदैछ तीज महोत्सब अमेरिका, अगस्त २०, ११:३० बजे दुर्गा मन्दिर फेयरफ्याक्स भर्जिनियामा ?? सम्पूर्ण जानकारी सहित ।

इनेप्लिज २०७४ भदौ २ गते २:०८ मा प्रकाशित
Updated……….
सादर नमस्कार सबैमा । 
नेपालमा गएको बाढी पहिरो र त्यसबाट भएको धनजनको क्षतिले हामी सबैलाई अत्यन्त दुखी तुल्याएको छ । बाढी पहिरोमा परी ज्यान गुमाउने सबै प्रति श्रध्दान्जली ब्यक्त गर्दै, घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै, सबैको कल्याणका लागि दुर्गा मन्दिरमा प्रार्थना गर्दै, पीडितहरुलाई जे जती सकिन्छ राहत दिन, आफु सक्दो राहतका लागि सहयोग सँकलन गर्दै तीज महोत्सब २०७४ लाई अगाडि बढाउने हामी आयोजकहरुले निधो गरेका छौं ।

 

हामी रोएर बसेर, चाड पर्ब नमनाएर वा कार्यक्रमहरु सबै स्थगित गरेर मात्र केही हुने अबस्य होइन । हामी नेपालीहरु छिटो भावनामा बहने र छिट्टै सेलाउने प्रब्रिती छ । हामी सबै सँग के बिनम्र अनुरोध गर्दछौं भने हाम्रो यही अगस्त २०, बिहान ११:३० मा फेयरफ्याक्स दुर्गा मन्दिर परिसरमा आयोजित तीज महोत्सब कार्यक्रम रोकिने छैन । कार्यक्रम गरौँ बरु त्यही कार्यक्रममा पनि राहतका लागि सहयोग जे जती सकिन्छ सँकलन गरेर भरपर्दो माध्यमबाट नियम कानुनको पालना गर्दै बाढी पहिरो पीडित सम्म पारदर्शी ढंगले पुर्याउने प्रयास गरौँ । यो कुरा बढी उपयुक्त हुन्छ जस्तो लागेको छ हामीलाई । त्यसैले आउनुस् होस्टेमा हैंसे गरौं । राहतका लागि सहयोग दिने हरेकको नाम, रकम सहित सबै विवरण त्यहीँ कार्यक्रम स्थलमै सबै माझ घोषणा गरिने छ भने सो विवरण मिडियाहरुमा प्रकाशित गरिने छ । कार्यक्रम


सम्बन्धी पूर्ण विवरणका लागि नेपाल मदर डट कम र इनेपालीज डट कम हेर्नुहोला ।

* मौलिक तीज गीत गाउने र नाच्ने ५० जना आमा दिदी बहिनीहरु वा आमा दिदी बहिनीहरुको समुहलाई पुरस्कार र प्रमाणपत्र दिइने ।
* महिलाहरुले लगाउने सबै भन्दा मौलिक नेपाली पोशाक, भेसभुसा र तीजको आकर्सक पहिरनमा आउने ५ जना दिदी बहिनीहरुलाई पुरस्कार र प्रमाणपत्र दिइने ।
* पुरुषहरुले लगाउने सबै भन्दा मौलिक नेपाली पोशाक, भेसभुसा र तीजको आकर्सक पहिरनमा आउने ५ जना हजुर बा, बा अथवा दाजुभाईहरुलाई पुरस्कार र प्रमाणपत्र दिइने ।
* जो कसैले पनि तीज नाच गान प्रतियोगितामा पनि भाग लिन पाउने र अप्रतियोगी रुपमा पनि भाग लिन पाउने ।
* निशुल्क तीजको दर ( नेपाली खाना ) ब्यबस्था ।
* निशुल्क प्रबेशको ब्यबस्था ।
* तीजका अबसरमा मेलाको पनि आयोजना जहाँ किनमेल बजार ब्यबस्था ।
* दुर्गा मन्दिरमा पूजाआजाको पनि ब्यबस्था ।
* एउटै छाना मुनी सबैथोक !
* संसार भर लाइभ प्रशारण र पछी टेलिभिजनहरु बाट प्रशारण गर्ने ब्यबस्था ।
* तीजका मौलिक गीत र नाचहरु समाबेश गरिने । छाडा वा बिक्रितीपूर्ण प्रस्तुतिमा पूर्ण प्रतिबन्ध ।
* परिवारजन सबै सँगै बसेर हेर्न, नाच्न, मनोरन्जन गर्न मिल्ने बातावरण सहितको आयोजना ।
* प्रोफेशनल फोटोग्राफर र मिडियाकर्मीहरुले तपाईंलाई खिचेर संसार भर पुर्याउने छन ।
* अमेरिकामा हुने सबै भन्दा ठुलो इभेन्ट अर्थात तीज महोत्सब । तपाईं छुट्नुहोला नि !
कृपया सकेसम्म नेपाली पोशाकमा अाइदिनुहुन सबैमा बिनम्र अनुरोध छ । 
अाफ्ना मौलिक लोक सँस्कृतिको रक्षा गरौं भन्ने मुल नाराका साथ अमेरिकामा यसपालिको तीज महोत्सब बिगत बर्षमा भन्दा झन भब्य र सभ्य गराउने तयारीमा छौँ । गत बर्ष झैँ अन्तर्राष्ट्रिय कलाकार मँच अमेरिका (IAFAmerica.com) , सोसाइटी अफ अमेरिकन नेपालीज नर्सेस (sannnurses.org), अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटी, America Nepal Women Association (ANWA) र दुर्गा मन्दिर परिवारको संयुक्त आयोजनामा हुने “तीज महोत्सब अमेरिका २०७४” कार्यक्रम अगस्त २० तारिख आईतवार दुर्गा मन्दिर फेयरफ्याक्समा गरिने छ ।
उक्त दिन दिउँसो १ १बजे देखी तीजको नाच गान सहितको बिशेष महोत्सब हुनेछ जहाँ चेलीबेटिलाई तीजका पोशाक देखी आबश्यक सामग्रीहरु सम्म किनमेलको मेला पनि आयोजना गरिएको छ । आउनुस दुर्गा मन्दिरमा पूजा गरौं पुण्य कमाउँ, तीजको नाचगान प्रतियोगिता देखी अप्रतियोगी नाच गान सम्म सहभागी बनौँ, अनि मेला पनि भरौँ । सो अबसरमा आयोजकहरुका तर्फबाट आमन्त्रित र उपस्थित हुनुहुने सबै सबैलाई निशुल्क तीजको दर खुवाउने कार्यक्रम छ । यस पटकको तीज महोत्सब झनै बिशेष र आकर्शक हुनेछ । हरेक हरेकलाई गाउने, नाच्ने, प्रतियोगितामा भाग लिन वा अप्रतियोगी रुपमा सामेल हुन पाउने ब्यबस्था गरिएको छ ।
– तीज महोत्सब संसार भर लाइभ प्रशारण गरिने छ भने नेपाली अधिकाँश टेलिभिजनहरुबाट पनि प्रशारण गरिने छ ।
– सबै आमन्त्रितहरुलाई सके सम्म नेपाली पहिरनमा अाइदिनका लागि अनुरोध गर्दै सबै भन्दा आकर्शक नेपाली पोशाकमा आउने एक जना पुरुष र एक जना महिलालाई हामी पुरस्कार दिने ब्यबस्था गर्दैछौं ।
– बिज्ञ हरुको टिमले मुल्याङ्कन गरी राम्रो गाउने र नाच्ने दुबै तर्फ पुरस्कार दिने ब्यबस्था गरिँदैछ ।
– हामी बिना भेदभाब सबै सबैलाई नाच गानको अबसर दिने छौं ।
– सन २००८ देखिको हाम्रो यो लोक संस्कृतीको जगेर्नाको निरन्तर अभियान हो । आउनुस तपाईं पनि सहभागी हुनुस् सबै सबैलाई हाम्रो हार्दिक स्वागत छ ।
कृपया सकेसम्म नेपाली पोशाकमा अाइदिनुहुन सबैमा बिनम्र अनुरोध छ । 
आयोजक:

* अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका
* सोसाइटी अफ अमेरिकन नेपालीज नर्सेस, अमेरिका
* अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङटन डिसी मेट्रो कमिटी, अमेरिका
* दुर्गा मन्दिर फेयरफ्याक्स, भर्जिनिया, अमेरिका
*  America Nepal Women Association (ANWA)

संपर्क गर्ने महानुभावहरुको नाम हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया