भारतीय मिडियामा भाइरल यी नेपाली युवती को हुन् ? (फोटो फिचर)

इनेप्लिज २०७४ भदौ ४ गते ३:०७ मा प्रकाशित

काठमाडौं । तरकारीवालीपछि अर्की नेपाली युवती अञ्जना दास, जो भारतीय मिडियामा यतिखेर चर्चामा छन् । ‘इन्टरनेट दुनियाँमा सनसनी मच्य्चाउने यी नेपाली युवती’ शीर्षकमा विभिन्न भारतीय मिडियामा प्रस्तुत तस्बिर राखिएको छ ।

आखिर को हुन् त यी भारतीय मिडियामा भाइरल बनेकी अञ्जना दास ? तस्बिर मिस पोखराबाट भनेर भारतीय मिडियाले सनसनी बनाइरहेको यी यवती साँच्चीकै सुन्दरी छिन् । केही मिडियाले यसो पनि भनेका छन् कि ‘यी नेपाली सुन्दरी युवतीको लाखौ फ्यान फेलोअर्स भइसकेका छन् । नेपाली मिडियामा खाशै नसुनिएको यो नाम भारतका एक दर्जनभन्दा बढी अनलाइन मिडियाले प्रस्तुत तस्बिरकी अञ्जनालाई ‘केही नेपाली फिल्ममा समेत काम गरिसकेकी’ भनेर उल्लले गरेका छन् ।

यस तस्बिरलाई भारतीय मिडियाले यतिधरै बखान गरेका छन् कि जसले ‘मिडियालाई नै पागल बनाएको’ उल्लेख गरेका छन् । मिडियाको आर्कषक बनको भन्दै अञ्जनाबारे यस्तो लेखेका छन्, ‘ये लड़की देखते ही देखते दुनिया भर में मशहुर हो गई । अंजनाका बोल्ड अंदाज किसी बलीवुड या हलीवुड एक्ट्रेस से कम नही है ।’ अर्थात यी युवती बलिउड र हलिउडका अभिनेत्री भन्दा कम छैनन् । अञ्जनाको केही म्यागजिनको कभरमा प्रकाशित भइसकेको जनाउँदै उनी ‘असीमा यिबोन्ड बाउन्ड्रीज’ नामको एक नेपाली फिल्ममा काम गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया