अमेरिकामा छ्या भन्ने चलन कम र आहा भन्ने चलन किन ज्यादा हुन्छ

इनेप्लिज २०७४ भदौ ६ गते १:१४ मा प्रकाशित

अमेरिका सकारात्मक देश हो l यहाँका बासिन्दा ज्यादा सकारात्मक सोच्दछन l आम नेपालीहरुको बारेमा वकालत गर्न चाहन्न l त्यो यहाँले आफै बुझ्नु हुनेछ l अमेरिकामा प्वाक्क छ्या ,कति घिन लाग्दो भन्ने त्यति चलन हुदैन l मुखैमा नराम्रो भनि हाल्न अस्वाभाविक हुने हुनाले त्यसो गरिदैन l त्यसो भन्दा झगडा पनि हुने हुन्छ l

अमेरिका सकारात्मक सोच्ने राष्ट्र भन्ने दर्शाउदछ l कुरा सहि पनि हो l अमेरिकामा कुरालाई सकारात्मक रुपमा पनि लिइन्छ l सकारात्मक रुपमा भन्ने पनि गरिन्छ l नकारात्मक कुरा भन्दा त्यस्को प्रभावले केहि प्रतिकुल असर हुने हुनाले अधिकांश रुपमा असल र राम्रो कुरा भन्ने गरिन्छ l

आफु मात्र हैन अमेरिका आएका प्राय नेपाली समुदायले पनि अब सकारात्मक भन्न सुरु गरेका छन् l राम्रो भन्न थालेका छन l तर कुरा चिप्ली हाल्छ l  नेपाली स्वभाव भएकोले अमेरिकामा रहेता पनि नकारात्मक शब्द निस्कन्छ l न निक्लेको भए राम्रो हुने थियो तर निस्कछ किनभने असह्य भए पछि थाम्न सकिने अवस्था छैन l

चाहे नराम्रो लागोस राम्रो भनि दिनु नै ठिक हुन्छ l नत्र नदुखेको टाउको ब्यर्थमै दुखाउनु पर्ने हुन्छ l नराम्रो र छि भनि दिदा मनमा नराम्रो लागि रहन्छ l कुनै चिज देख्दा या हेर्दा छि भनि दिदा सात्तो पनि लिने गरिन्छ l

यस्ता कैयौ उदाहरण पाठक वर्गमा पस्कन चाहन्छु l अमेरिकामा स्वेत र अस्वेत वर्ग छन् l अफ्रिकन अमेरिकनहरु काला हुन्छन l उनीहरुको मुखमा छ्या ,अबुई हेर्दै पोल्दा पोल्दा उम्केको जस्तो भन्न पाइदैन l च्यापु फुस्काई दिन्छन l रक्तपात पनि हुन् सक्छ l कानुन पनि लाग्छ l

कसैको छोरा जन्मियो ,देख्दै खेरि बाँदर अनुहार छ भने पनि आहा क्या राम्रो भन्नु पर्छ l छोरी पनि देख्दै उल्लु जस्ती नराम्री भएता पनि क्या सुन्दरी ओहो l यस्तो बच्ची आज सम्म देखेकै छैन भन्नु पर्ने l l

नकारात्मक हैन कि सकारात्मक भै अहा कस्तो सुन्दर छोरा या सुन्दरीछोरी मात्र भनि दिनु उसका मातापिता दंग l नराम्रो शब्दको अगाडीको न हटाएर राम्रो भने पछि विवादमा अल्झिदैन l

कसैले लुगा नया किनेर लगाएको छ भने आहा भन्नु पर्छ l लुगा देख्दैमा रिस उठने र लगाएको एकदमै नसुहाएको छ भने पनि अहिले सम्म तिमि जस्तो खाई लाग्दो र विश्व सुन्दरी देखेको छैन भन्नु पर्छ l भने भन्यो भने लुगा किन्ने मक्ख l यी दुई शब्द भनि दिदा हाम्रो के जान्छ ?

केहि चिज घर बाट बनाएर ल्याएको छ भने अहिले सम्म यस्तो कहिले खाएको छैन भन्नु पर्छ l नत्र मुङ्ग्रो टाउकोमा एक्कासी बजरिन्छ l हामी सकारात्मक हुनु पर्छ l मिठो र कसले बनाएको भनि फुर्क्याई दिनु पर्छ l

कुनै उपहार कसैले दिएको छ भने राम्रो भन्नु पर्छ भलै आफुलाई मन नै परेको छैन भने पनि l राम्रो लागेन भन्यो भने अर्को पटक देखि पाइदैन l

पुरुष या महिलाले मेरो शरीर कस्तो छ भने पनि एक दम राम्रो मिलेको छ भन्नु पर्छ l के हो यस्तो सोलोडोलो शरीर भनि नकारात्मक टिप्पणी दिनु भयो भने तेरो चाही हेरको छस मरनच्याउसे हुईपा भन्ने जस्तो गालि पनि आउन सक्छ l

तसर्थ जे लाई पनि सकारात्मक भएर आहा मात्र भनि दिदा कुरै सकिन्छ l घरमा कसैले खान बोलाएको छ जे पनि आहा कस्तो मिठो ! अझ छैन भन्नु पर्छ l अनि स्वाभाविक र शिष्टचार मानिन्छ l

यस्ता कुराहरु कण्ठ गरे अमेरिकामा कहिले निरास तथा हतोत्साही हुनु पर्दैन l के तपाई अमेरिका आउदै हुनु हुन्छ ? भुलेर पनि यस्ता शब्द प्रयोग नगर्नु होला है ? त्यति मात्र गरे अमेरिका छिटो खान सकिन्छ l

प्रतिक्रिया