युवराज शर्माको उमेदवारी NRN कतारको सचिब पदमा!!

इनेप्लिज २०७४ भदौ ६ गते १४:४३ मा प्रकाशित

ध्रुब क्षेत्री’ दोहा कतार, हामी नेपाली नेपालीकै लागी भन्ने नारा साथ प्रवासमा रहेका प्रवासी नेपालीहरुको सम्मान जनक हक,हित, संरक्षण र नेपाली प्रवासीका तमाम अवसर र चुनौतिलाइ उपयोग तथा समाधान गर्न पहल गर्ने उदेश्यका साथ बिगत आठ बर्ष देख् कतारमा रहि कार्य गर्दे आएका युवराज शर्माले ले गैर आवासीय नेपाली संघ कतारमा का लागी उमेदवारी दिएको घोषणा गरेका छन् । सबैको साझा संस्था गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार च्याप्टरको आगामी २०१७-२०१९ कार्यकालका लागी युवराज शर्माले सचिव पदमा आफ्नो उम्मेद्बारी घोषणा गरेका हुन् ।

लामो समयदेखी कतारमा रोजगारी लगायत व्यावसायिक क्षेत्रमा कार्यरत रहि तमाम नेपालीहरुको समस्यालाइ नजिकबाट नियाल्दै, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बिभिन्न सामाजिक संघ सस्थामा आवद्द रहि चुनौती र समस्यालाइ समाधानका लागी सहयोग र सहकार्यका गरेका अनुभव र प्रेरणा लिएका शर्मा एक कतार मा स्थापित समाजका कृयशिल युवा हुन् ,

तपाइले एन आर एन कतारको सचीव पदमा उम्मेद्बारी किन र के का लागी दिनु भयो भन्ने हाम्रो प्रश्नमा उनी भन्छन् रोजगारी लगायत बिभिन्न उदेश्य लिएर कतारमा रहनु भएका सम्पुर्ण नेपालीको सहि र यकिन विवरण र संख्या गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती कतारमा (हाल नरहेको) ब्यबस्थित रुपमा बिभिन्न क्षेत्र सग समन्वय गरि छिटोछरितो तथ्यांक संकलनगरि कम्प्युटर प्रबिधिमा छुट्टै विवरण अधावधिक बनाउन पहल गर्ने छु । जस्ले सहि र सरल रुपमा प्रवासी नेपालीहरुमा आउने समस्या र चुनौतिलाइ पहिचान गरि समाधान गर्न सजिलो र सहज हुने छ । कतारमा स्थापित नेपाली नियोग, बिभिन्न सामाजिक, बैचारिक संघ सस्था सग समन्वय र सहकार्य गरि थप पारस्परिक सम्बन्धलाइ स्थाइत्व गर्ने। सामाजिक र जनमुखी कार्यमा बिशेष गरि रोजगारिका अवसर र समस्यालाइ समाधानका लागी प्रत्यक्ष सहभागी रहि सहकार्य गर्ने, तत्कालै (आकस्मिक)श्रमिकलाइ परेको समस्याको समाधान वा न्यूनीकरणका निमित्त नेपाली नियोग तथा स्थास्पित संघ सस्था सग समन्वय गरि राहत वा उद्दार समिती बनाइ संघलाइ जनमुखी बनाउनेछु । कतारमा लगभग ८० देशका नागरिक बिभिन्न उद्देश्यका साथ कतारमा रहेका छ्न ।स्थानिय बासी लगाएत अन्य मुलुकका नागरिकलाइ नेपालको प्राकृति संपदा, धार्मिक, सस्कृतिक बिबिधता र परम्परा लाइ नेपाल पर्यटन बोर्ड, स्थानिय संबंधित बिभाग र स्थानीय मिडिया मार्फत प्रसार प्रचार गर्ने ब्यबस्था मिलाइ नेपाल पर्यटन प्रवर्द्धनका निम्ती ठोस योजना ल्याउन पहल गर्नेछु । अकल्पनीय तथा आपत्कालिन अवस्थामा सिर्जना हुने मुख्य घटनाबाट ९जस्तैस् सडक दुर्घटना, आगलागी० हुने मानवीय संकट्लाइ न्यूनीकरण गर्न सचेतनाका कार्यक्रम सकेसम्म सबै माझमा पुग्ने गरि पहल तथा कार्य योजना तय गर्नेछु, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा श्रमिकलाइ प्रत्यक्ष र सहज रुपमा पहुच पुग्ने गरि देशका बिभिन्न भागमा स्थानिय स्वास्थ्य सस्था सग समन्वय गरि स्वास्थ्य शिबिर सन्चालन गर्ने जस्ता सेवा मुखी अभियान आफ्नो कार्यकाल को उदेस्य रहेको जनाए !

सर्मा ले गैर आवासिय नेपाली संघ कतारलाइ अझै श्रमिक केन्दित गरि श्रमिकको समस्या हक हित र संरक्षणका निम्ती स्थापित सामाजिक संघ सस्था सग सहकार्य गरि उदारमुखी र पारदर्शी रुपमा संघलाइ अगाडी बडाउने प्रयाश गर्ने भन्दै आफुलाई यश (२०१७-२०१९) कार्यकाल को लागि सचिब पदमा आफ्नो अमुल्य मत दिएर जिताउन सम्पुर्ण कतार बासि नेपालीहरु मुख्य त पार्सद सदस्यहरुमा आग्रह गरेका छन्!

प्रतिक्रिया