भाइरल हुन नसकेकी बिबिए पढ्दै गरेकी सुर्यविनायककी तरकरीवाली [ भिडियो कुराकानी ]

इनेप्लिज २०७४ भदौ ७ गते १०:४२ मा प्रकाशित

सुर्यविनायक नगरपालिका ६ स्थित तरकारी बजारमा विगत लामो समयदेखि व्यवसाय सम्हाल्दै आएकी सरस्वती थामी हाल बिबिए दोस्रो बर्षमा अध्ययनरत छिन। आफ्नो पढाई र व्यवसायलाइ एकसाथ अघि बढाइरहेकी थामी कलेजको अध्ययन सकेर आएपछि दिनभरी तरकारी व्यवसाय गरेर बसेकी हुन्छिन । व्यवसायलाई सम्हाल्न पाउँदा हर्षित हुनुको साथै यसबाट निकै सतुष्ट रहेको बताउने उनी दैनिक १००० रुपैयासम्म बचत हुने बताउछिन।

उनै तरकारीवालीसँग पिएनपिखबरले कुराकानी गरेको छ । कुराकानीको क्रममा उनले तरकारी व्यवसायबाट पनि राम्रै आम्दानी हुने भएकोले विदेशमा गएर मिहेनत गर्नुको साटो स्वदेशमा नै परिश्रम गरे राम्रो आम्दानी गर्न सकिने बताइन ।

प्रतिक्रिया