प्रियंका एक नं. हिट लिष्टमा, यस्तो छ दश नायिकाको तालिका

इनेप्लिज २०७४ भदौ ७ गते ११:०५ मा प्रकाशित

मुम्बई । बलिउड नायिका प्रियंका चोपडा सुन्दर नायिकामा शीर्ष स्थानमा परेकी छन् ।आजतक र इण्डिया टुडेले कर्भी इन्साइटसँग मिलेर गरेको मत सर्वेक्षणमा प्रियंकाले बढी मत पाएकी हुन् । यो सर्भे २०१६ देखि २०१७ बीचको समयमा भएका थियो ।

भारतीय सञ्चारमाध्यमका अनुसार देशका १९ वटा राज्यमा गत १२ जुलाईदेखि २३ जुलाईसम्म यो सर्भे गरिएको थियो । ‘मुड अफ द नेशन’ नामबाट गरिएको यो सर्भेमा यी राज्यमा पर्ने ९७ संसदीय क्षेत्र अन्तर्गत पर्ने १ सय ९४ विधानसभाको क्षेत्रका १२ हजार १ सय ७८ व्यक्तिलाई मनपर्ने कलाकारहरूबारे प्रश्न सोधिएको थियो । हलिउडमा प्रवेश गरेपछि प्रियंका चोपडा र दीपिका पादुकोणको लोकप्रियता स्वदेशमा कम छैन ।

वर्ष २०१७ मा अहिलेसम्म प्रियंकाको कुनै पनि बलिउड फिल्म प्रदर्शनमा आएको छैन । उनको हलिउड फिल्म ुबेवाचुले भारतमा राम्रो व्यापार गर्न सकेन । सन् २०१८ मा प्रियंका अभिनित हलिउड फिल्म ए किड लाइक जेक र इजन्ट इट रोमान्टिक प्रदर्शनमा आउँदैछन् ।

चर्चित नायिकाको सूचीमा दीपिका पादुकोण दोस्रो, अनुष्का शर्मा तेस्रो, ऐश्वर्या राय वच्चन चौथो, कटरिना कैफ पाँचौं, आलिया भट्ट छैटौं, करिना कपुर सातौं, विद्या वालन आठौं, सोनाक्षी सिन्हा नवौं र श्रद्धा कपुर दशौं स्थानमा छन् । त्यस्तै सोनम कपुर एघारौं, अनुष्का सेट्ठी बाह्रौं र कंगना रनावत तेह्रौं स्थानमा छन् । – एजेन्सी

 

प्रतिक्रिया