लेडिज डक्टरको अनुभव : पुरुषको यौनाङ्ग देख्दा लाज लाग्थ्यो (भिडियो)

इनेप्लिज २०७४ भदौ १४ गते १४:३३ मा प्रकाशित

कुनै पुरुष आफ्नो यौन रोगको बारेमा स्वास्थ्य उपचार गर्न लेडिज डक्टरकोमा जाला ? वा महिला पुरुषकोमा जालिन् ? पक्कैपनि आफू भन्दा बिपरित लिंगी डक्टरलाई यौन तथा प्रसुती समस्या कमै मात्रामा जानकारी दिईन्छ । संभव भएसम्म पुरुषले पुरुष डक्टर र महिलाले महिला डक्टर नै खोज्ने गर्छन् । डा. सृजना शर्मा स्त्री, प्रसुती तथा यौन रोग बिशेषज्ञ हुन् । उनी पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र ए एण्ड बी इन्टरनेशनल अस्पतालमा कार्यरत छिन् । उनीसंग गरिएको यस कुराकानीमा हामीले बिशेषत महिलाहरुको यौन, यौन रोग, महिनावारीको बेला हुने समस्याका बारेमा कुराकानी गरेका छौं । उनले आफू स्त्री, प्रसुती तथा यौन रोग बिशेषज्ञ भएर पनि सुरुमा पुरुष यौन अंग देख्दा लाज मानेको खुलासा गरेकी छन् । उक्त लाज मान्ने अवश्था भने युवा अवस्थाको सिकाईमा थियो । उनी भन्छिन्, अब सिक्ने कुरा र जीवनमा आवश्यक पर्ने कुरालाई लाज मानेर होईन सहज रुपमा लिएर सिक्नु र जान्नु पर्छ । हेरौं डा. शर्मा संग ऋषि खतिवडाले गर्नुभएको कुराकानी ।

प्रतिक्रिया