बिहीबार, मंसिर ७ २०७४ | Thu, November 23, 2017
नेपालको समय: ०७:२१ | Washington DC: 20:36

छैठौ दशैं कप भकुण्डो प्रतियोगितामा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मान गरिने

विजय थापा

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा बिगत छ बर्ष देखि संचालनमा रहेको छैठौ दशैं कप भकुण्डो प्रतियोगितामा नेपालका चर्चित पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मान गरिने भएको छ l हरेक बर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्दै आई रहेको र यस बर्ष चर्चित अग्र पंक्तिका खेलाडी चौधरीलाई आयोजकले सम्मान गर्ने निधो गरेका छन् l चौधरी लामो समय देखि अमेरिका मै रहेता पनि खेललाई निरन्तरता दिई रहेका छन् l

आगामी सेप्टेम्बर २३ तारिख बाट सुरु हुने भएको छ भने उक्त प्रतियोगिताको आयोजक भास्तिका ड्यालस गोर्खाज फुटबल कल्ब रहेको छ l नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा ६ बर्ष देखि लगातार खेलाई रहेको र यसको लोकप्रिय अझ वृद्धि भै रहेको जानकारी ड्यालसका भकुण्डो खेलाडी तथा आयोजक मध्ये कै एक बिनोद बिष्टले जानकारी दिएका छन् l

बिगत बर्ष देखि नै चर्चा मा रहेको दशैं कप भकुण्डो प्रतियोगितामा सहभागी टोलिहरु हरेक बर्ष वृद्धि भै रहेको बिष्टले बताए l उक्त भकुण्डो प्रतियोगिताको लागि स्थानीय भकुण्डो टोलि/समुह को साथै बाल्टिमोर,डीसी ,लस एन्जेलस ,सन फ्रान्सिस्को तथा न्युयोर्क बाट पनि सहभागी हुने आशा गरिएको आयोजकले जानकारी दिएका छन् l १६ देखि २० समुह सहभागी हुने अपेक्षा गरिएको छ l

प्रथम हुने बिजयी टोलिलाई १ हजार ५ सय डलर नगद तथा पुरस्कार र द्वितीय हुनेलाई ७ सय डलर नगद तथा पुरस्कार सहित जम्मा २ हजार ३ सय बराबर को नगद प्रदान गरिने छ l खेल समुहले आगामी सेप्टेम्बर १५ तारिख सम्म दर्ता गराई सक्नु पर्ने छ l

 

२०७४ भदौ १५ गते ०:३८ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी