न्युयोर्कमा शेर्पा किन्दुकको बार्षिक खेलकुद कार्यक्रम भब्यताकासाथ सम्पन्न

इनेप्लिज २०७४ भदौ २० गते ९:१२ मा प्रकाशित

खेम भट्टचन / बिश्व राज थापा

वाशिंटन डिसी – युनाईटेड नेपाल शेर्पा एसोसिएसन ( शेर्पा किन्दुक ) को आयोजनामा  न्युयोर्कको कुईन्स पुल मुनी रान्डल्स टापुमा अवस्थित पार्कमा बार्षिक खेलकुद कार्यक्रम भब्यताकासाथ सम्पन्न भयो।

२०१७ सेप्टेम्बर २ र ३ तारिख दुई दिन सम्म कुल जम्मा ७६ वोटा टिमले भाग लिएको नेपाली फुटबल सकरमा न्युयोर्ककै टिम र भलिबलमा बाल्टिमोर समेतका म्याग्दी समाज को टिम प्रथम भएका थिए। न्युयोर्कका महाबाणिज्यदुत श्री मधु मरासिनीले सकरको बिजयी टिमलाई तिन हजार डलर र भलिबलको बिजयी टिम म्याग्दी समाजलाई दुई हजार पच्चीससय डलर को चेक, शिल्ड र प्रमंपत्रहरु वितरण गरेका थिए। शेर्पा किन्दुकका अध्यक्ष ऊर्गेन शेर्पा र खेलकुद संयोजक फुर्बा शेर्पाले सबैलाई धन्यबाद दिएका थिए।

सात सय किलोमिटर गाडी हाँक्दै भर्जिनिया देखी न्युयोर्क पुगेका संचारकर्मीहरु बिश्व राज थापा र खेम भट्टचनले ईनेप्लीज डट कम र डिसीनेपाल डट कम मा खेल प्रतियोगिताको प्रत्यक्ष-प्रशारण गरेका थिए।

प्रतिक्रिया