शनिबार, असोज ७ २०७४ | Sat, September 23, 2017
नेपालको समय: २३:४६ | Washington DC: 14:01

प्रबाशी नेपाली मंचले समर्थन गरेकोले एनआरएन अमेरिकाको अध्यक्षमा रबिना थापाले चुनाब जित्ने संभावना

खेम भट्टचन

५ सेप्टेम्बर २०१७ – अमेरिकाको एनआरएनको चुनाबमा गौरी जोशीलाई समर्थन गरेको प्रबाशी नेपाली मंचले निर्णय बदल्दै अध्यक्षका अर्का ऊम्मेद्वार रबिना थापालाई समर्थन गरेको कारणले रबिना थापाले चुनाब जित्ने निश्चित निश्चित जस्तै भएको छ।

अन्य मुलुकहरुको एनआरएनमा जो सक्षम ब्यक्ती छ – ऊसैले नै चुनाब जित्ने गरेका होलान् तर अमेरिकामा चाहिं स्थिती अर्कै छ। अमेरिकामा नेपाली राजनैतिक दलका आआफ्नै प्रबाश संगठनहरु छन्। नेपाली कांग्रेसको जनसम्पर्क समिती अमेरिका र नेकपा एमालेको प्रबाशी नेपाली मंच अमेरिका नाम गरेका  प्रबाश संगठनहरु छन्। रास्ट्रिय प्रजातंत्र पार्टी राप्रापाको पनि प्रबाशी नेपाली एकता मंच नामको संगठन छ। राप्रपाको संगठन गत बर्ष मात्रै स्थापना भएकोले, ३ वोटा राज्यहरुमा मात्रै सिमित छ।

३० – ३२ वोटा राज्यहरुमा संगठन बनाउन सफल भएको जनसम्पर्क समिती र प्रबाशी नेपाली मंचले रोजेको ब्यक्तीले नै एनआरएन को चुनाब जित्ने गर्दछ। प्रबाशी नेपाली मंचले गौरी जोशीलाई समर्थन गरेको थियो। गौरी जोशीलाई निर्बाचन आयोगले ऊमेद्वार हुन नदिए पछी, ऊनले अमेरिकाको अदालतमा ऊजुरीगरेका थिए। त्यसपछी गौरी जोशीले आफैले आफ्नो ऊमेद्वारी फिर्ता लिएपछी, प्रबाशी नेपाली मंचले रबिना थापालाई समर्थन गरेको हो।

अध्यक्ष पदमा ऊठेका ४ जना मध्ये अन्य ३ जना जनसम्पर्क समिती पक्षका छन्। जनसम्पर्क समितीको तर्फबाट एक जना मात्रै ऊठेको भए जित्ने निश्चित हुन्थ्यो तर भाई फुटे गँवार लुटे ऊखान जस्तै धेरैले ऊमेद्वारी दिएकाले आफुलाई आउने भोट बाँडीन गई आफुलाई भोट कम्ती आऊने र अमेरिका भरीकै पचास प्रतिसत भोट समाएर बसेको प्रबाशी नेपाली मंचको सम्पूर्ण भोट रबिना थापालाई गएकोले अब रबिना थापाले जित्छीन् भन्ने कुरामा हामी त ढुक्क छम् – प्रबाशी नेपाली मंचका केन्द्रिय अध्यक्ष प्रभु थापाले भने। यसैगरी, रा प्र पा को संगठन प्रबाशी नेपाली एकता मंचले पनी रबिना थापालाई नै समर्थन गरेको छ /हाम्रो संगठनको सम्पूर्ण भोट रबिना थापा लाई जान्छ – बाल्टिमोरबाट राप्रपाका केन्द्रिय सदस्य प्रेम कुमार श्रेष्ठले बताए।

त्यस्तै, कांग्रेसी समुह मध्येको असन्तुस्ट समुहले पनी मतदान शुरु हुनु भन्दा १२ घण्टा अघी मात्रै रबिना थापा लाई समर्थन गरेर आफ्ना मतदाता हरुलाई रबिना थापा लाई भोट हाल्न प्रचार शुरु गरेकोले १४ चौध हजार मतदाता मध्येमा एकदमै प्रतिस्पर्त्धामा सिर्फ दुई सय देखी पांच सय सम्मको मत को अन्तरले  ३५०० देखी ३८०० बढीमा ४००० चार हजार भोट ल्याएर रबिना थापाले जित्ने पक्का भएको कुरा प्रबाशी नेपाली मंचका केन्द्रिय अध्यक्ष प्रभु थापाले जानाकारी गराए।

२०७४ भदौ २० गते १८:१३ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी