जापानमा महाकवि सिद्धिदास जयन्ति मनाउने

इनेप्लिज २०७४ भदौ २१ गते ११:१९ मा प्रकाशित

टोकियो । वर्ल्ड नेवा:अर्गनाईजेशन जापानले टोकियोमा महाकवि सिद्धिदास जयन्ति मनाउने भएको छ। नेवार  साहित्यका महाकवि सिद्धिदास महाजुको सम्झनामा आगामि सेप्टेम्बर ८  गते शुक्रवार एक साहित्यिक कार्यक्रमका साथ उनको सम्झना गर्न लागिएको हो।

जापानमा सिद्धिदासको स्मरण गर्दै साहित्यिक कार्यक्रम गर्न लागिएको पहिलो पटक हो। सिद्धिदास जयन्ति मनाउने क्रममा जापान  निवासी साहित्यप्रेमीहरुको साहित्यक रचना प्रस्तुत गरिने वर्ल्ड नेवा:अर्गनाईजेशनका प्रतिनिधि जनक राज शाक्यले जानकारी दिएका छन्।

 महाकवि सिद्धिदास महाजुलाई नेवार  साहित्यमा विशेष सम्मान र महत्वका  साथ हेरिन्छ। सिद्धिदास महाजुले नेपाल भाषा साहित्यलाई पुनर्जागरण गर्न नेपाल भाषामा खण्ड काव्य ,महा काव्य ,बिबिध विधाका कयौं पुस्तकहरु नेपाल  भाषामा काव्यात्मक रुपले प्रस्तुत गरेका थिए। यस वाहेक उनका अन्य फुटकर कृतिहरु नेपाल भाषामा रचता गरिएका छन्। सिद्धिदास महाजुको जन्म नेपाल सम्बत ९८७ ञलागा २ आईतवारका दिन भक्तपुरको सुकुलढोकामा भएको थियो।
मिति : नेपाल सम्बत ११३७ सेप्टेम्बर ८ शुक्रवा :
समय : १८:०० बजे
स्थान :शिबुया चुबाकी गार्डेन
Caminite 1 F,1-3-1 Shibuya Higashi,Shibuya-Ku,Tokyo.
東京都渋谷区東1-3-1 カミニート 4号
050-5280-7825
https://www.facebook.com/wnojapan/
[email protected]

प्रतिक्रिया