सुन तस्करमा नेता नै संलग्न भएपनि छोडिदैन्ः एआईजी चन्द (अन्तर्वार्ता)

इनेप्लिज २०७४ भदौ २१ गते १५:३० मा प्रकाशित

नेपाल प्रहरीले नेपालमै पहिलोपटक सोमबार काठमाडौंको क्षेत्रपाटीबाट ठूलो परिमाणमा ८८ किलो सुन बरामद गर्यो । पार्किङमा राखिएको गाडीमा सुन भएको सुराकीका आधारमा रातभरी कुरेर प्रहरीले विहान चालक मनोज अधिकारी आउनेवित्तिकै गाडीलाई नियन्त्रणमा लिँदा झण्डै ४४ करोड बराबरको अवैध सुन भेटियो । गाडीसँगै पक्राउ परेका चालक अधिकारीको वयानका आधारमा यो सुन चिनियाँ नागरिकको भएको खुलेको छ । केरुङ नाका हुँदै भित्रिएको सुनको अनुसन्धानका लागि आज मात्रै थप दुई चालकलाई नियन्त्रणमा लिइएको छ । यसका असली मालिका को हुन्, को को संलग्न छन् ? यो घटनाको कमाण्ड सम्हालेर अनुसन्धान प्रक्रिया अघि बढाएका महानगरीय प्रहरी कार्यालय प्रमुख (प्रहरी आयुक्त) एआईजी जयबहादुर चन्दसँग दैनिक नेपालले कुराकानी गरेका छः

८८ किलो सुन प्रकरण कहाँ पुग्यो अनुसन्धान ?

१०० मा १०० नरोकिएपनि सुन तस्करीको प्रसेन्टेज घटाउँछौं । त्यसका लागि काठमाडौं प्रहरी जागिसकेको छ । तस्कर रोक्न हामी पूरा प्रयास गर्छाैं ।

चलक मनोज अधिकारीको वयानका आधारमा सुनका मालिक चिनियाँ नागरिक हुन भन्ने प्रारम्भिक रुपमा खुल्न आएको छ । अन्य दुई जना चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं । सुन तस्करीको जालो पत्ता लागेरै छाड्छ ।

नेपालमै पहिलोपटक ठूलो परिमाणमा अवैध सुन समात्दा कस्तो लागिरहेको छ ?

यो त के हो भने स्मोग्लिङ जति पनि त्यसमा दुई तीन वटा कारणले । एउटा त अपराधिक समूहहरुको संलग्नता हुन्छ । दोस्रो टेररिस्टहरुको समेत संलग्नता हुन्छ । कहिले पनि सत्य मान्छेले तस्करी गर्दैन् । कहिलेकाँही अब सामान्य तस्करले गरेको हुन्छ भने त्यसको काम टेररिस्टहरुसँग संलग्न हुन्छ । लागुऔषध र सुन तस्करमा यस्तै ग्रुपहरु संलग्न हुन्छन् । छोटो समयमा पैसा कमाउने र सजिलो तरिकाबाट पैसा कमाउने, आफ्नो अवैध लगानीलाई वैध बनाउनका लागि पनि अर्काे देशका मान्छेहरु आएर नेपालमा होटल सञ्चालन गरेको देखाएर ह्वाईट मनी बनाएर जानसक्ने पनि सम्भावना छ । त्यसपछि ठूलो राजश्व ठग्ने यसलाई एउटा चुनौतिको रुपमा लियौं । त्यसपछि यत्रो झण्डै ४४ करोडको सुन राज्यलाई बुझाउन पाउँदाखेरी पुलिस टिम, सिंगो संगठन गौरवाम्वित छ । म त स्वभाविक रुपमा भ्यालीको चिफ भएको हुनाले मलाई अति खुसी लागेको छ ?

सुन तस्करीमा धनाढ्य व्यक्ति पनि संलग्न छन् भन्ने सुन्नमा आएको छ नी ?

हेर्नुस् हामी अनावश्यक टिकाटिप्पणी गर्छाै । त्यसो गर्न कसले कसलाई रोक्या छ ? इन्भेष्टिकेशन (अनुसन्धान)बाट सत्थ तथ्य के हो नआउञ्जेल त के भन्ने ? धनाढ्यहरु तस्कर भए तस्कर पनि धनाढ्य नै हुन्छन् नी । सामान्य मान्छेले कहाँ यो सुनको कारोबार गर्न सक्छ । सुनको कारोबारको लागि पहिलो शर्त हो धनी ।

अनी नेताहरुको कनेक्शन, कर्मचारीको कनेक्शन छ की ?

अहिलेसम्म त देखिएको छैन् । भोलि अनुसन्धानमा देखियो भनेपनि कुनै ठूलो कुरो हुनेछैन् । कानून बमोजिम अगाडि बढ्छौं ।

अनी रुसुवा प्रशासन, सेना र प्रहरीको पनि संलग्नता छ भन्ने पनि आएको छ ?

त्यो त मलाई थाहा छैन् । त्यसै आरोप लगाउने कुरा हुँदैन् । अनुसन्धान भइरहेको छ, त्यसले सबै कुरा बाहिर ल्याउँछ । म त के भन्छु भने हरेक चेकपोष्टमा गाडीका नटबोल्ड खोलेर चेक गर्ने, त्यसरी सर्च हुन चाँही सम्भव छैन् । चेकप्वाईमा राम्ररी चेक नगरेको वा लापरवाही भएको कुरालाई संलग्न नै भएको भन्न मिल्दैन् ।

तस्करी रोक्नका लागि के गर्नुपर्ला, तपाईको कार्यकालमा यो रोकिन्छ ?

रोक्नका लागि यही हो प्रोएक्टिभ पुलिसिङ पनि हुनुपर्यो । पोस्ट एक्टिभ हुनुपर्यो । रिएक्टिभ र प्रोएक्टिभ दुइटै रोल हुनुपर्यो । १०० मा १०० नरोकिएपनि प्रशेन्टेज घटाउँछौं हामी । त्यसका लागि काठमाडौं प्रहरी जागिसकेको छ । तस्कर रोक्न हामी पूरा प्रयास गर्छाैं ।

प्रतिक्रिया