करिश्मा मानन्धर स्कुल भर्ना, कक्षा ९ मा पढ्न थालिन

इनेप्लिज २०७४ भदौ २१ गते २१:२१ मा प्रकाशित

काठमाडौं । नायिका एवं नयाँ शक्ति नेपालकी नेतृ करिश्मा मानन्धर स्कुल भर्ना भएकी छन् ।सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा करिश्माले आफू स्कूल भर्ना भएको कुराको खुलासा गरेकी हुन् । ७ कक्षा पढ्दै गर्दा सिने क्षेत्रमा आउँदा पढाई अगाडि बढ्न नसकेको र अहिले आएर औपचारिक शिक्षाको अभाव खड्किएकाले आफू स्कुल भर्ना भएको करिश्माले बताइन् ।

गतवर्ष मधेसी जनअधिकार फोरम लोकतान्त्रिककी सांसद समेत रहेकी गीता राणाको ग्यालेक्सी पब्लिक स्कुलबाट डिस्ट्रिक लेभल कक्षा आठ पास गरेकी करिष्मा यो वर्ष कक्षा ९ मा भर्ना भएकी हुन् । यसवर्ष भने उनी ग्यारेक्सीमा नभई मैतीदेबीस्थित त्रिवेणी पब्लिक स्कुलमा भर्ना भएकी छन् । उनी समय मिलाएर अध्ययन गर्न विद्यालयसम्म पुग्ने गरेकी छन् ।

प्रतिक्रिया