वर्ल्ड नेवाः अर्गनाइजेसनको “प्रथम नर्थ अमेरिका ब्यापि क्षेत्रिय नेवाः सम्मेलन” क्यानडाको मिसिसागामा सम्पन्न

इनेप्लिज २०७४ भदौ २३ गते १:४७ मा प्रकाशित

मिसिसागा, क्यानडा, वर्ल्ड नेवाः अर्गनाइजेसनको “प्रथम नर्थ अमेरिका ब्यापि क्षेत्रिय नेवाः सम्मेलन” हालै क्यानडाको मिसिसागामा ” मिसिसागा घोषणा पत्र” का साथ गत सेप्टेम्बर ३ मा सम्पन्न भएको छ। क्यानेडियन नेवाः गुथि को आयोजनामा नेवाः कल्चरल सोसाइटी अफ अल्बर्टा र वर्ल्ड नेवाः अर्गनाइजेसनको सह आयोजनामा भएको सो कार्यक्रममा क्यानडा, अमेरिका तथा संयुक्त अधिराज्य बाट गरि २०० जना को सहभागिता रहेको थियो ।

तीन दिने सो सम्मेलनमा पहिलो दिन स्वागत तथा परिचय कार्यक्रमको साथै सहभागिहरुलाई “नेवाःभ्वय” द्वारा सत्कार गरिएको थियो। कार्यक्रमको उद्घाटन नेपाली राजदूत महामहिम श्री काली प्रसाद पोख्रेल, स्थानिय सांसद माननिय सोनिया सिधु, वर्ल्ड नेवाः अर्गनाइजेसनका अध्यक्ष श्री सिजन श्रेस्ठ तथा ब्रोक बिस्वबिद्यालयका प्रोफेसर टम ओ नीलले संयुक्त रुपमा कलात्मक पानसमा दीप प्रज्वलन गरि गरिएको थियो। सो कार्यक्रममा क्यानेडियन नेवाः गुथिका अध्यक्ष प्रकाश लाल प्रधानले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो।

कार्यक्रममा आफ्नो उदघाटन मन्तब्य ब्यक्त गर्नु हुन्दै प्रमुख अतिथि महामहिम श्री काली प्रसाद पोख्रेलले नेपालीहरुको परिचय स्थापित गराउन नेवाः संस्कृतिको उल्लेखनिय योगदान रहेको तथा बहु सांस्क्रितिक मुलुक क्यानडामा संस्कृतिको प्रबर्द्दन तथा संरक्षणमा ठूलो भुमिका रहेको बताउनु भयो । अर्का बक्ता सांसद माननिय सोनिया सिधुले यो सम्मेलनले नेवाः संस्कृति को प्रबर्द्दन, संरक्षण तथा प्रयोगमा ल्याउन उत्तर अमेरिकि क्षेत्रमा रहेका नेवाः समुदायलाई एकताबद्द गर्नुको साथै क्यानडाको १५० औँ बर्ष को उपलक्षमा बहु सांस्कृतिक पक्ष लाई बलियो बनाउन सहयोग पुग्ने छ बह्न्नु भयो । वर्ल्ड नेवाः अर्गनाइजेसनका अध्यक्ष श्री सिजन श्रेस्ठ ले नेवाःसंस्कृतिको प्रबर्द्दन, संरक्षण तथा प्रचारमा बिस्वब्यापि रुपमा भै रहेका क्रियाकलापबारे बताउनु भयो । प्रोफेसर टम ओ नीलले गुथि द्वारा गरिएका समुदाय सेवाका कृयाकलाप सर्हाहनिय छ भन्नु भयो भने एन. आर. एन. क्यानडाका अध्यक्ष श्री गोपिकृष्ण काफ्ले ले नेवाः संस्कृतिको योगदान बारे चर्चा गर्नु भयो । उदघाटन कार्यक्रमको अन्त्यमा सम्मेलन सम्बन्धि समारिका “नर्थ अमेरिकन नेवाः” अतिथिहरु द्वारा सामुहिक लोकार्पण गरेका थिए।

उदघाटन सत्र पस्चात क्यानडा, अमेरिका तथा संयुक्त अधिराज्यका नेवाः बिद्वान, शैक्षिक ब्यक्तित्व तथा प्रतिनिधिहरु डा. महेस्वर बैद्य, ब्रोक बिस्वबिद्यालयका प्रो. टम ओ नील, टोरोन्टोबिस्वबिद्यालयका प्रो. क्रिस्टोफ एमरिक (नीजको अनुपस्थितिमा उहाँको बिद्यार्थि द्वारा प्रस्तुत), प्रमेश श्रेस्ठ तथा संयुक्त श्रेस्ठले नेवाःसंस्कृतिको प्रबर्द्दन, संरक्षण, आप्रबासन, सन्चार माध्यमको प्रयोग आदि बारेमा कार्य पत्र प्रस्तुत गरिएको थियो भने क्यानेडियन नेवाः गुथिका महासचिब बिमल श्रेस्ठ तथा नेवाः कल्चरल सोसाइटी अफ अल्बर्टाका अध्यक्ष डा. हेमन्त जोशीले नेवाःसंस्कृतिको प्रबर्द्दन, संरक्षण तथा प्रचार गर्न आफ्नो संस्थाका प्रयास बारे जानकारि दिनु भयो ।

कार्यपत्रको प्रस्नोतर पछि नेवाः अर्गनाइजेसन अफ अमेरिका अध्यक्ष बबिता प्रधान, नेपा पासापुच अमेरिका अध्यक्ष सरोज प्रजापति, युनाइटेड नेवाः युएसए का सचिब बिजय बज्राचार्य, नेवाः अर्गनाइजेसन अफ अमेरिका का पूर्ब अध्यक्ष राम लाल श्रेस्ठ, नेवाः अर्गनाइजेसन अफ अमेरिका नर्थ क्यारोलिना च्याप्टरका पूर्ब अध्यक्ष नारायण सोमनामे लगायतका ले आआफ्नो मन्तब्य ब्यक्त गरेका थिए। साथै वर्ल्ड नेवाः अर्गनाइजेसनका बरिस्ठ उपाध्यक्ष दया रत्न शाक्यले “यहाँ बाट कहाँ” भन्ने बिषयमा र अनिल रंजीतले” नेवाः संस्कृति र योग” बिषयमा छलफल संचालन गर्नु भएको थियो ।

उदघाटन सत्र शुरु हुनु भन्दा अगाडी धिमे बाजा को साथै लाखे , कुमारी सहितको समुहले स्थानिय क्षेत्र परिक्रमा गरेका थिए भने पाहुनाहरुलाई पंचकन्या द्वारा स्वागत गरिएको थियो । सोहि दिन साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो जस्मा रास्त्रिय कलाकार पूर्ण नेपाली, “हिंमालयन भाइब्स”, युनाइटेड नेवाः बाण्ड लगायत स्थानिय कलाकारहरुले आफ्नो प्रस्तुति दियका थिए। कार्यक्रम स्थल लाई नेवाः संस्कृति को स्वरुप दिन कलाकार बैकुण्ठ मान श्रेस्ठले सजावत गर्नु भएको थियो।

“नेवाःसंस्कृतिको प्रबर्द्दन, संरक्षण तथा प्रयोगको लागि उत्तर अमेरिकामा रहेका नेवाः समुदायको एकता” भन्ने मूल नारा का साथ आयोजना गरिएको सो सम्मेलन चार बुँदे ” मिसिसागा घोषणा पत्र”का साथ समापन गरिएको छ। चार बुँदे ” मिसिसागा घोषणा पत्र”मा नेवाःसंस्कृतिको प्रबर्द्दन तथा संरक्षण, उत्तर अमेरिकि क्षेत्रमा रहेका नेवाः संस्था हरु बिच साझेदारि, नेवाः उपत्यका बचाउ अभियान मा एक्यबद्दता लगायतका बिषयहरु सम्बोधन गरिएका छन। सोहि कार्यक्रमले दोश्रो क्षेत्रिय सम्मेलन अमेरिकामा गर्ने पनि निर्णय गरेको छ।

प्रतिक्रिया