बाढी–पीडित सहयोगार्थ वासिङ्गटन डीसी क्षेत्रका कविहरुबाट कविता वाचन

इनेप्लिज २०७४ भदौ २४ गते १:०६ मा प्रकाशित
मातृभूमि नेपालमा हालै गएको बाढी पहिरोको प्रकोपमा परि धेरै जनधनको विनाश हुनुका साथै लाखौँ मानिसहरु सर्वस्व गुमाएर औषधि, खाद्य सामाग्री लगायत लत्ता कपडाको अभावले संतप्त भएको कुरा हामी सवैलाई अवगत छ । त्यसै गरि अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा आएको हुरिकेन हार्बी सहितको बर्षाको कारणले ठूलो क्षति पु¥याएको छ ।
पुरै शहरहरु डुवानमा परेका छन् । यस्तो संकटको क्षणमा हामी सबै आ–आफ्नो गक्ष अनुसार सहयोग गर्न तत्पर हुन्छौँ नै ।मातृभूमि नेपालमा हालै गएको बाढी पहिरोको प्रकोपमा परि धेरै जनधनको विनाश हुनुका साथै लाखौँ मानिसहरु सर्वस्व गुमाएर औषधि, खाद्य सामाग्री लगायत लत्ता कपडाको अभावले संतप्त भएको कुरा हामी सवैलाई अवगत छ ।
त्यसै गरि अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा आएको हुरिकेन हार्बी सहितको बर्षाको कारणले ठूलो क्षति पु¥याएको छ । पुरै शहरहरु डुवानमा परेका छन् । यस्तो संकटको क्षणमा हामी सबै आ–आफ्नो गक्ष अनुसार सहयोग गर्न तत्पर हुन्छौँ नै ।
यो विपतको घडिमा दुवै देशका पीडितहरुको राहतकालागि सहयोग गर्ने हेतुले वासिङ्गटन डीसी क्षेत्रमा रहनुभएका कविहरुबाट ‘कविता वाचन’ (कविता गोष्ठी) कार्यक्रमको आयोजना गरिएको जानकारी गराउन चाहन्छौँ । सो कार्यक्रममा कविहरुका विविध प्रकारका कविता वाचन, रमाइला मुक्तकहरु, अभिनय कविताहरु, हाँस्य प्रधान कविताहरुको साथमा गीतहरु समेत समावेश हुनेछन् ।
घर–ए–कवावका तर्फबाट समाजसेवी लोक तिवारीले कार्यक्रममा सहभागीभई बाढी–पीडितहरुको राहतकोलागि चन्दा प्रदान गर्नुहुने कवि एवं श्रोताहरुलाई निःशुल्क अपरान्हको भोजनको व्यव्यस्था गर्नु भएको समेत जानकारी गराउँदछौँ । साथै यस कार्यक्रमबाट संकलित सहयोग रकम मध्ये आधा रकम ‘धुर्मुस–सुन्तली फाउण्डेशन’ मार्फत नेपालका बाढी पीडितहरुको राहतकालागि पठाइने छ भने आधा रकम अमेरिकाको ह्युस्टनमा विपतमा परेकाहरुको राहतको निमित्त उपयुक्त माध्यमबाट पठाइने समेत जानकारी गराउन चाहन्छौँ ।
आउनुहोस्, एउटा फरक प्रकारको साहित्यिक माहौलमा सहभागी हुंदै पीडितहरुलाई सहयोग गर्ने मानवीय पूण्य कार्यमा हातेमालाे गरौँ ।
आफ्ना कविता वाचन गर्न इच्छुक महानुभावहरुले आफ्नो नाम र कविताको शिर्षक यहि सेप्टेबर ९ साँझ सम्ममा तलको इमेल वा फोन नंम्वरमा उपलब्ध गराइदिनु हुन समेत अनुरोध गर्दछौँ ।
कार्यक्रमःमितिः
आइतवार, सेप्टेम्बर १०, २०१७समयः अपरान्ह १२:०० बजे
स्थानः Ghar-E-Kabab           
बिस्तृत जानकारीलागि सम्पर्कः 
गोपाल रेग्मी   703-314-6945
प्रेम संग्रौला  202-320-6115
परशु तिमल्सिना 703-302-0338
प्रकाश नेपाल 703-864-4141
कविको नाम र कविताको शिर्षक उपलब्ध गराउने ठेगानाः[email protected]
 
धन्यवाद

प्रतिक्रिया