एन आर एन ए युएईको अधक्ष्य पदका प्रत्यासी रमेश श्रेष्ठ

इनेप्लिज २०७४ भदौ २४ गते ११:५३ मा प्रकाशित

युएई दुबई : युएईमा हुन गईरहेको गैह्र आवासीय नेपाली संघको अधिबेशनमा अहिले चुनाबी माहोल तातिदै गएको छ l बिसेष गरि अधक्ष्य पदको लागि आफ्नो पक्षमा संघठनलाइ मजबुत बनाउन उम्मेदवारहरु लागि परेका छन् l अहिले युएईमा बस्ने गैह्र आवासीय नेपालीहरुको सामाजिक संजालको भित्ताहरुमा समेत आ आफ्नो पक्षका उम्मेदवारहरुको चुनाबी प्रचार प्रसार मात्र देखिन सकिन्छ l युएईका नेपालिहरु बीच लोकप्रिय बनेका अधक्ष्यका प्रत्यासी रमेश श्रेष्ठको संगठन मजबुत रहेको र उनको जित करिब करिब पक्का रहेको कुरा जानकारहरु बताउछन l उनले गरेको सामाजिक कार्य, श्रमिकहरुको पक्षमा वकालत गर्दै आएका कुराहरु, हरेक नेपालीका दुख पिडामा जोकोहीलाई पनि साथ र सहयोग गर्दै आएका कुराहरुले तथा युऎइमा भएका सम्पूर्ण संघ सस्थाहरुलाई समन्वय गर्न सक्ने क्षमता भएका, बौद्धिक क्षेत्रका अब्बल मानिने भेएको कारणले गर्दा पनि रमेश श्रेष्ठ सबैको रोजाइमा परेका हुन् l अहिलेको कार्यकालका गैह्र आवासीय नेपाली संघ युऎइका उपाधक्ष्य समेत रहेका रमेश श्रेष्ठ संग काम गर्ने क्षमता तथा अनुभब समेत भएकोले पनि रमेश श्रेष्ठको बिजयको सम्भाबना प्रवल बनेको हो l

अध्यक्षका प्रत्यासी मध्येका रमेश श्रेष्ठ एनआरएन युएईको २ पटकको समितिमा क्रमश सदस्य र उपाध्यक्ष बनेर प्रवासी नेपालीहरुको दुख सुखको सहयात्री बनेर सम्पूर्ण यु ए ई बासीको मन जित्न सफल भएका छन् । श्रेष्ठले २०१५ -२०१७ कार्यसमितीले चलाएको अभियान सहयोग तथा उद्दार समितीको संयोजक भएर युएईमा भईपरी आएका विविध श्रमिकहरुको समस्याहरुलाई समाधान गर्दै पीडितहरुलाई सहयोग गर्ने प्रयास गरे। यसअघि उपाध्यक्ष हुँदाको कार्यकालमा रहेका प्रतिबद्धतालाई कार्यन्वयन गर्न पनि श्रेष्ठले अध्यक्ष जित्नुपर्ने देखिन्छ ।

युएईमा रहेका संघ संस्थाप्रति सकारात्मक भइ हातेमालो गर्ने प्रतिबद्धता लिएका श्रेष्ठ विगतमा आफु सहयोगी भइ प्रवासी नेपालीको हकहितमा लागेको कुरालाई हामी नकार्न सक्दैनौ । बर्तमान अवस्थामा युएईमा नेपालीहरुका विविध किसिमका समस्याहरु रहेका छन । भिजिट भिसाको समस्या झनै बिकराल हुँदै गएको छ ।नक्कली भिसाको बिगबिगी छ । मानब तस्करी बढ्दो छ । घरेलु कामदारहरुको समस्या झनै बढ्दो छ । यस्ता बिषयलाई छिटो भन्दा छिटो टुङ्याउनको लागि समेत श्रेष्ठले आफ्नो नेत्रित्वमा बनेको आगामी कार्यसमितीले बिशेष भूमिका निर्बाह गर्ने प्रतिबद्दता जाहेर गरेका छन् जुन जरुरी पनि छ ।

त्यसैगरि श्रेष्ठ भन्छन् -‘ हरेक दिन कोहि न कोहि नेपाली समस्यामा पर्ने वा नेपालमा पनि बिभिन्न समस्या ,बिपत्तिहरु परिरहने र त्यसको सहयोगार्थ हामीले सधै प्रवाशमा रहेका नेपालिहरुसँग सहयोग संकलन गरि रहन्छौ, हरेक पटक सहयोग मागी रहन पर्ने र सामान्य कामदारको रुपमा काम गर्ने अधिकांश नेपालीहरुले सधै सहयोग गरिरहन पनि नसक्ने यस्तो अवस्थामा हामीले एनआरएन अन्तराष्ट्रिय समन्वय समितिसंग समेत सहकार्य गर्दै एउटा कोष स्थापाना गर्ने र साना तिना सहयोग आवश्यक रहेको खण्डमा त्यसै कोष मार्फत उद्दार तथा राहात तत्काल परिचालन गर्ने गरि एउटा कोष बनाउने छु।’

अबको एनआरएको कार्यकालको लागि विगतमा एकिकृत हुन नसकेको र हातेमालो समेत गर्ने प्रतिबद्धता पनि आएकोले उनको यस कार्यकालको अध्यक्षताको उमेदवारी जरुरी छ । युएइमा भिजिट भिसामा आएकाहरु अस्वस्थ्य भइ अस्पताल भर्ना भएको स्थानमा समेत सहयोगी बनेर श्रेष्ठ पुगेका छन् । युएई गैह्र आवासीय नेपाली संघको अध्यक्षका प्रत्यासी रमेश श्रेष्ठ एक मिलनसार, मृदभाषी, सहनशील, इमान्दार, अरुको दुखमा सधै साथ दिन तत्पर, सधै श्रमिकहरुको हकहितको लागि लड्ने एक कुशल समाजसेवीको रुपमा समेत परिचित भएको हुदा सम्पूर्ण युएईबासि गैह्र आवासीय नेपालीहरुको रोजाइमा परेमा रमेश श्रेष्ठको जित सुनिशिचित बन्दै गएको कुरा युएई निबासी नेपालीहरु बताउछन ।

प्रतिक्रिया