अमेरिकामा नेपालीको विवाह मेला

इनेप्लिज २०७४ भदौ २६ गते ०:२३ मा प्रकाशित

 

वासिंगटन डिसी ,संयुक्त राज्य अमेरिकामा संभवतः पहिलो पटक नेपाली संस्थाहरुव्दारा वीडिंग(विवाह) मेलाको आयोजना गरी विवाह र साँस्कृतिक पर्वहरुका लागि आबश्यक सेवा तथा सामग्रीबारे सम्बन्धित उपभोक्ता एवं सेवाग्राहीलाई जानकारी गराइएको छ ।समाजसेबी निर्मला उप्रेतीले उद्घाटन गर्नु भएको उक्त मेलामा विवाहलगायत संस्कारगत कर्ममा अति आबश्यक सेवा तथा सामग्रीका आपूर्तिकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

यसका लागि आबश्यक सेवा तथा सामग्री सहजरुपमा उपलब्ध गराउन सहजकर्ताको रुपमा ग्यालेक्सी इभेन्ट्स सोलृुसन,फोटो पसल,डिजे क्रीस र वाटरफोर्डले आज सेक्टेम्बर १० का दिन वासिंटन डिसीमा एक मेलाको आयोजना गरेका हुन ।

मेलामा सेवा तथा सामग्रीका आपूर्तिकर्ताहरुको उत्साहजनक उपस्थिति रहेको थियो । यसमा दुलहा दुलहीका कपडाका व्यापारी,नेपाली परिकारका खानाका आपूर्तिकर्ताहरु,सजावट कर्ताहरु,गरगहना पसल,श्रिंगारकर्ता,मेहन्दीवाला,लिमोजिम कारका संचालकहरु,फोटो तथा भिडियोग्राफरहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा ग्यालेक्सि इभेन्ट्सका विपीनराज उप्रेती तथा नेरिशा उप्रेती,डिजे सोल क्रीसका कृष्ण दाहाल र फोटो पसलका सम्पूर्ण मानन्धरले कार्यक्रमको उद्धेश्यबारे विस्तृत जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा एट व्याण्डको तर्फबाट सौजन संग्रौला र प्रसंग सिटौलाले साँगितिक प्रस्तुती पनि दिएका थिए । त्यहाँ दुलहीको लागि विवाह मण्डपमा लगाउने र पार्टीमा लगाउने पहिरनहरुको अलग अलग प्रस्तुती गरिएको थियो । कार्यक्रमको सम्पूर्ण जानकारी दिन इनेप्लिज डटकमका प्रबन्ध संपादक विश्वराज थापाले कार्यक्रम अवधिभर प्रत्येक्ष प्रसारण गर्नु भएको थियो । यो कार्यक्रम सम्बन्धी विस्तृत जानकारी इनेप्लिजबाट लिन सकिने सम्पादक थापाले बताउनु भएको छ ।

https://www.facebook.com/enepalese/videos/1506648246088797/

https://www.facebook.com/enepalese/videos/1506725679414387/

 

प्रतिक्रिया