शनिबार, असोज ७ २०७४ | Sat, September 23, 2017
नेपालको समय: २३:५६ | Washington DC: 14:11

कविहरुद्धारा पीडितलाई मलम

वासिंटन डिसी नेपाली कवि साहित्यकारहरुले यहाँ एक कवि गोष्ठिको आयोजना गरी जन्मभूमि र कर्मभूमिका प्राकृतिक प्रकोप पीडितहरुलाई उल्लेख्य सहयोग संकलन गरेका छन ।डिसी मेट्रो क्षेत्रका कवि साहित्यकारहरु र घर ए कवाफको संयुक्त आयोजनामा यही सेप्टेम्बर १० का दिन सम्पन्न कवि गोष्ठिबाट तीन हजार डलर सहयोग संकलन गरिएको छ ।

यस क्षेत्रका २७ जना कवि कवयत्रीले आ–आफ्ना रचना बाचन गरेका थिए । कार्यक्रममा ४५ भन्दाबढीको सहभागिता रहेको थियो ।नेपालको तराइ र अमेरिकाको टेक्सास अनि फ्लोरिडामा बेहोर्नु परेको प्राकृतिक प्रकोपमा पीडित भएका नेपाली समुदायलाइ उद्धार तथा सहायताका लागि सहयोग पुगोस भन्ने हेतुले सहयोग संकलन गरिएको थियो । कार्यक्रममा संकलन भएको रकम मध्ये २० प्रतिशत अमेरिकाका प्राकृतिक प्रकोप पीडितका लागि र ८० प्रतिशत नेपालका बाढी पीडितका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई उपलब्ध गराउने यस अभियानका अभियान्ता कवि गोपाल रेग्मीले बताउनु भयो । यो अभियानमा कवि रेग्मीलाई परशु तिमिल्सिना, प्रेम संग्रौला तथा लोकनाथ तिवारीलगायतले साथ दिनु भएको थियो । ुयो कविहरुको सामाजिक दायित्व पूरा गर्न गरिएको नयाँ प्रयोग होू अभियान्ता रेग्मीको भनाई थियो ।

यस गोष्ठिमा कवयत्री दुर्गा रिजाल,सुदीपभद्र खनाल,गोपाल रेग्मी,परशु तिमिल्सिनाका कर्णप्रीय छन्दोबद्ध कविताले विशेष आकर्षण गरेको थियो । त्यस्तै प्रेम संग्रौला,सरद निरौला,बासु श्रेष्ठ,नीता श्रेष्ठ,कल्पना सुवेदी,गुणराज लुइटेललगायतका कविहरुले प्रस्तुत गरेका कविताबाट पनि गोष्ठि निकै गहकिलो भएको थियो ।

डिसी मेट्रो क्षेत्रका सफल व्याबसायी लोकनाथ तिवारीले ६ सय डलर बराबरको खाना निशुल्क उपलब्ध गराएर कार्यक्रम आयोजन ागर्न विशेष हौसला प्रधान गर्नु भएको थियो । यस्तै उहाँले सुविधायुक्त कार्यक्रम स्थल मात्र उपलब्ध गराउनु भएन गोष्ठिमा कविता बाचन गरेर सहभागिता जनाउनु भएको थियो । कार्यक्रममा नेपाल अमेरिका पत्रकार संघका उपाध्यक्ष गुणराज लुइटेलले गोष्ठिको प्रत्यक्ष प्रसारण गरेर आम समुदायसम्म पुर्याउन मद्धत गर्नु भएकोले प्रमुख अभियान्ता रेग्मीले पत्रकार लुइटेललाइ धन्यवाद दिनु भएको थियो ।

२०७४ भदौ २६ गते २:२९ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी