शनिबार, असोज ७ २०७४ | Sat, September 23, 2017
नेपालको समय: २३:५७ | Washington DC: 14:12

बार्सिलोनाविरुद्ध उत्रँदा युभेन्टसका टोलीमा मुख्य ५ खेलाडी नहुने

काठमाडौं ,२७ भदौ । इटालिनय क्लब युभेन्टस आफ्ना प्रमुख पाँच खेलाडीबिना स्पेन पुगेको छ । च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा युभेन्टसले मंगलबार राति बार्सिलोनासँग खेल्दैछ ।

 

यो खेलमा बार्सिलोनाको टोली मेस्सीको वरिपरि हुनेछ भने युभेन्टसको टोलीमा डिबाला मुख्य खेलाडी मानिएको छ ।

तर, नाउ क्याम्पमा घरेलु टोलीविरुद्ध उत्रँदा युभेन्टसको टोलीमा मारियो मान्जुकिज र जर्जिओ चेलिनी हुने छैनन् । अन्तिम सेसनको ट्रेनिङ गरेर पनि दुबै स्पेन यात्रामा सहभागी भएनन् ।

रियल मडि्रडका पूर्व मिडफिल्डर सामी खेदेरा र क्लाउडिओ मार्चिसियो पनि बार्सिलोनाविरुद्ध खेल्ने छैनन् ।

च्याम्पियन्स लिगको अन्तिम खेलमा रातो कार्ड पाएका कारण जुआन कुआड्राडो पनि युभेन्टसमा हुने छैनन् ।

तर, उसका लागि सहज यस अर्थमा हुनेछ कि बार्सिलोनाको टोलीमा ब्राजिलियन स्ट्राइकर नेइमार छैनन् । उनी सिजनको सुरुवातमा बार्सिलोना छाडेर फ्रन्च पेरिस सेज्ट जर्मेनमा गएका छन् ।

युभेन्टसका स्ट्राइकर डिबालाले भनेका छन्, ‘बार्सिलोनाले निकै महत्वपूर्ण खेलाडी नेयमारलाई गुमाएको छ । तर, राम्रो क्षमता भएका अर्का खेलाडी आएका छन् । बार्सिलोनासँगै बार्सिलोना हो ।’

बार्सिलोनाविरुद्ध मंगलबार राति हुने खेलको नजिता युभेन्टसका लागि निकै महत्वपूर्ण हुने उनको विश्लेषण छ ।

युभेन्टसका प्रशिक्षकले भने अहिले पनि रियल मडि्रड र बार्सिलोना नै उपाधिको मुख्य दाबेदार भएको मान्छन् ।

२०७४ भदौ २७ गते १०:१६ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी