लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने क्रम बढ्दो

इनेप्लिज २०७४ भदौ २७ गते १५:५३ मा प्रकाशित

शिशिर सिंखडा
रत्ननगर, चितवन, २७ भाद्र ।
लिङ्ग पहिचान गरेर गर्भपतन गर्ने क्रम बढ्दै गएको भन्दै एक कार्यक्रमका वक्ताहरुले चिन्ता व्यक्त गरेका छन् । पूर्वी चितवनको रत्ननगरमा मंगलबार सिभिल सोसाइटी अर्गनाइजेसन चितवनको आयोजनामा भएको कार्यक्रमका वक्ताहरुले शिक्षित र सम्पन्न वर्गले लिङ्ग पहिचान गरी गर्भपतन गरेको पाइएको बताएका थिए ।

“बाधाहरु तोडम्, शिशु बालिका अधिकारको संरक्षण गरौं” भन्ने मुल नाराका साथ लिङ्ग पहिचान गरेर गरिने गर्भपतन तथा त्यसले पार्ने असर र रोकथामको बारेमा स्थानीय जनप्रतिनिधिहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सिविन नेपालकी चितवन जिल्ला संयोजक शारदा रिजालले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले लिङ्ग पहिचान गरी गर्भपतन गर्ने गर्दा छोराको जनसंख्या वृद्धिदर बढेको बताइन् । यस्तो क्रम बढ्दै जाने हो भने छोरीको संख्या आगामी दिनमा धेरै कमी आउने चिन्ता व्यक्त गरिन् ।
कार्यक्रमका सभापति एवम् सिभिल सोसाइटी अर्गनाइजेसनका अध्यक्ष केशव प्रसाद रेग्मीले लिङ्ग पहिचान गरेर गरिने गर्भपतन चितवनमा महारोगको रुपमा फैलिएको बताए । खर्च गर्न सक्ने वर्ग, पढेका, सम्पन्न र सुगम क्षेत्रमा यस्तो क्रम बढेको उनले बताए । सुरक्षित गर्भपतन गर्नु आमाको अधिकार भएपनि लिङ्ग पहिचान गरी छोरी जन्मने भएमा गरिने गर्भपतन कानुन विपरीत भएको समेत उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका नगर प्रमुख खुमनारायण श्रेष्ठले लिङ्गको आधारमा गरिने गर्भपतन कानुन विपरीत भएको भन्दै सरकारले आवश्यक नीति र योजना ल्याई यस बारेमा सोच्नैपर्ने बताए । स्थानीय निकायबाट यस क्षेत्रमा गर्नुपर्ने जस्तोसुकै काम गर्न आफु तयार रहेको भन्दै श्रेष्ठले नगरवासीमा यस प्रकारको सचेतना फैलाउन सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपप्रमुख बिमला दुवाडी, राप्ती नगरपालिकाका उपप्रमुख इमान सिं लामा, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी, उपाध्यक्ष रघु भट्ट, पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, प्रेस चौतारी नेपाल चितवनका उपाध्यक्ष सुवाश पण्डित, नेपाल पत्रकार महासंघका प्रदेश सभासद् कोमलचन्द्र भगत लगायतले लिङ्ग पहिचान गरी गरिने गर्भपतन गलत भएको बताए । छोरी र छोरीको विभेद अन्त्य गर्ने खालको कानुन आवश्यक रहेको भन्दै उनीहरुले यस्तो घटनामा कमि ल्याउन सरकारी तवरबाट आवश्यक पहलकदमी हु ।

प्रतिक्रिया