एएनएसको अध्यक्ष पदमा मेरो उम्मेदवारी किन ? प्रभा भट्टराई देउजा – समाजसेवी, भर्जिनिया

इनेप्लिज २०७४ भदौ २७ गते २२:२३ मा प्रकाशित

यहि आउदो ८ अक्टोबर २०१७ मा ५० बर्ष पुरानो अमेरिका नेपाल समाज (एएनएस ) ले नंया नेतृत्वको लागि आव्हान गरेको छ | हामी जहाँ २५ बर्ष देखी रहदै आएको समाजमा आफुले गरेको योगदान र अनुभबहरुको आधारमा आगामी अवधिको लागि यो संस्थाको नेतृत्व गर्ने मेरो इच्छा भएको कुरा यंहा हरुमा अवगत गराउनु चाहन्छु| १९८० को दशकदेखि यो समाजमा जीवनयापन गर्दै आउनु भएका सम्पूर्ण आदरणीय बाबा आमा दाजुभाई दिदीबहिनी महिला तथा सजनवृन्दहरुले प्रत्यक्ष वा अप्रत्यक्षरुपमा मैले यो समाजको लागि गरेका सम्पूर्ण कामको मुल्यांकनको आधारमा मलाई यो समाजको नेतृत्व चयनमा पुर्णरुपमा सहयोग गर्नु हुनेछ भन्ने पूर्ण विश्वास गर्दछु |

महिलाहरुको उत्थानमा मेरो भूमिका

म नेपालबाट १३ बर्षको उमेरमा अमेरिका आएकी हु । मैले यस मूलुकमा नै शिक्षा हासिल गरे । हाल ‘ओराईकल्’ नामक सफ्टवेयर कम्पनीमा डाईरेक्टको पदमा कार्यरत छु । अमेरिकामा सामाजिक सस्थाहरुमा महिलाहरुको सहभागिता एकदमै न्युन छ्, यो सबैले महसुस गरेकै हो । यसै सन्दर्भमा एउटी महिला सस्थाको प्रमूख हुँदा अन्य महिलाहरु बिच पुलको भूमिका निर्वाह गर्न सहज हुनेछ भन्ने मैले ठानेकी छु । त्यस्तै , हाम्रो डायस्पोरामा सहयोग र जानकारीको अभावमा नेपाली महिलाहरु अनेकौ तनावमा गुज्रन बाध्य भएका छन, तीनीहरुलाई समेटी काउन्सीलिङ गर्न र कानूनी परामर्श , शिप मूलक तथा स्वास्थ सम्वन्धी आवस्यक सहयोग पुर्याउन एक महिलाको नाताले मेरो भूमिका बिशेष रहने छ ।

सस्थामा यूवाहरुको सहभागीता आवस्यक

हाम्रो जीवनकालको सबै भन्दा जोस्, जागर र उमङ्गले भरी भराउ उमेर नै यूवा अवस्था हो। भबिस्यको गोरेटो कोर्ने स्वर्णीम अवसर भएको उमेर पनी युवा अवस्था नै हो। यस अवस्थामा उज्वल सपनाका लागी अत्याधिक आत्म बिस्वास्, अदम्य साहस, सृजनसिल्, गतिशिलता र सकृयता हुने कारणले पनि युवा अवस्था अत्यन्तै सम्बेदनशिल मानिन्छ। युवाहरु समाजको बिकासक्रमका लागी बर्तमानका साझेदार शक्ती मानिन्छन र भबिस्यका कर्णधार पनि! कुनै पनि मुलुकको सामाजिक, आर्थीक, राजनितिक, सास्कृतिक परिवर्तनका लागी युवाहरुको साझेदारीलाई महत्वपुर्ण मानिन्छ।

बाल्यकाल पुर्ण गरी सुरुवाती युवा हुँदै परिपक्क युवा अवस्थामा प्रबेस गर्ने युवाहरु समाज लाई डोर्याउन सक्ने हैसियत राख्छन। समाजमा रहेको बिसँगती र बिकृती लाई अन्त्य गर्दै समाजलाई सही बाटो देखाउने शक्ती नै युवाहरु हुन। तर, अमेरिकी नेपाली समाज भित्रका यी नेपाली युवाहरु नेपाली भाषी सङ सस्थाहरु बाटै उपेक्षीत छन। अमेरिका भरि छरिएका यी युबाहरु आ-आफ्नो तरिकाले भबिस्य निर्माणमा कस्सिएका छन्।

युवा नेपालीहरु बिचको भरपर्दो नेटवर्किङको अभाब तथा स्थानीय नेपाली सङ सस्थाहरुको कमजोरीका कारण एउटै काउन्टी वा शहर भित्रै बसोबास गर्नेहरुबिच चिनजान समेत हुन नसकेको अवस्था छ। यी युवाहरु बिच चिनजान गराउने, आपसी सहयोगको भावना जगाउने, दुख र सुखमा एक आपसमा भाईचारा कायम राख्नका लागी पहल गर्ने सस्थाहरु कही भेटिदैनन। नँया ठाउ, नया परिवेशमा सात समुन्द्र पारिको बिरानो ठाउमा एक्लोपनका बीच समस्यै समस्या लाई झेल्दै छन् यी युवाहरु। अमेरिकामा नेपाली भाषीहरुको उत्थानका लागि भनि खोलिएका अनेकौ सस्थाहरु छन् तर यी युवाहरुको सहयोग र उत्थानका लागि अघि सर्ने सस्थाहरु कहिँ कतै देखिएका छैनन।

यस्तै अवस्था झेल्दै जाने हो भने नेपाली समाजले भबिस्यमा धेरै ठुलो मुल्य चुकाउने पर्ने छ। पहिलो त युवाहरु नेपाली समाजबाट क्रमस बिस्थापित हुने छन, दोस्रो भाषा, कला र सस्कृती बिर्सने छन र तेस्रो- अत्याधिक चिन्ताका कारण डिप्रेसनको रोगी समेत हुन सक्नेछन।

नेपाली कला, भाषा र सस्कारको संरक्षण

यूवाहरु बिनाको सस्था अपुरो हुन्छ भन्ने मेरो मान्यता छ । हामीले हाम्रो दोस्रो प्रुस्तालाई आफ्नो भाषा कला र सस्कृतीका बारेमा जानकारी गराउने, परिचीत गराउने, शिक्षित गराउने र उनीहरुमा सेवा भावको बिकास गर्दै नेपाली सस्थामा प्रत्यक्ष सहभागी गराउने तर्फ मेरो प्रथम प्राथमिकता रहेको छ । यसै परिपेक्षमा यूवाहरु सँग सहकार्य गर्दै उनीहरुको उल्लेखनिय सहभागीतामा एएनयसले आयोजना गरेको पहिलो हेरिटेज नेपाल फेस्टिवल लगायत नेपाली भाषा, कला र सस्कृती झल्काउने बिबिध कार्यक्रमहरु सन्चालनमा मेरो सकृयता रह्यो ।

यूवाहरुको नेट ओर्किङ आवस्यक

अमेरिका मै जन्मिएका र हुर्किएका युवाहरुलाई भने अवसरहरुको खोजीमा धेरै सहजता हुन्छ र यीनीहरु अनुभबी पनि हुन्छन। नेपाल मै हुर्केर आएका युवाहरु र यही हुर्किएका नेपाली अमेरिकन युवाहरु बिच समन्वय गराउन सकियो भने नब आगन्तुक युवाहरु को उत्थानमा धेरै ठुलो सहयोग पुग्न सक्ने देखिन्छ। यस तर्फ आ आफ्नो राज्य भित्र बसोबास गर्ने नेपाली समुदायहरुले सकृयता बढाउन आवस्यक छ।यस किसिमको यूवाहरु बिचको नेट ओर्किङबाट आपसमा अनुभवको आदान प्रदान हुने छ भने स्कुलको ग्राजुएसन पस्चातको अध्ययन अध्यापन, ‘जब’ लगायतका अन्य अवसरहरुको खोजीमा समेत सहयोग पुग्ने छ ।

परिवर्तन आजैबाट गर्नु पर्छ अनि आफैबाट गर्नुपर्छ

एएनयसले नेपाली समाजलाई अमेरिकी समाज संग सम्बन्ध गराउनुमा महत्वपूर्ण भूमिका खेलेको छ | मेरो ज्ञानको आधार, यहाँ किशोर अवस्था देखि गुजारेको समय, उच्च शिक्षा हासिल गरेको आधारमा, एउटा पेशामा काम गरिरहेको आमा जस्ले आफ्नो छोरीलाई हुर्काएको अनुभब र त्यो छोरी जस्ले आफ्नो कलेजको अध्ययन समापन गरेर यहाँको जीवनसँग घुलमिल छिन यी सबैको आधारमा म के भन्न सक्छु भने एएनयसलाई एउटा नयाँ तहको नेतृत्व दिन सक्षम छु | म यो मिसनमा एक्लै छैन म जस्तै सक्षम र होनहार स्वयं सेवक पनि छन जो संग एएनयसका लागि चाहिने भिजन तथा दूर दृष्टि छ तेसैले म यहाँहरुलाई अवगत गराउनु चाहन्छु कि यो कार्यमा म एक्लै छैन | हामीहरु समुहगत रुपमा संगै अगाडी बढ्दैछौं |

परिवर्तन आजैबाट गर्नु पर्छ अनि आफैबाट गर्नुपर्छ। यति भनिरहदा परिवर्तन गर्न खोज्ने इच्छुकहरुमा नयाँ उत्सुकता जाग्न सक्छ। यसलाई सहजै रुपमा लिई भएका आशा र अपेक्षाहरु पूरा गर्न अमेरिका स्थित नेपाली युवाहरु तत्पर रहनुपर्छ। नेपाली समाजलाई गतिशिल बनाउनका लागी परिवर्तन गर्न सक्ने शक्ती पनि युवा नै हो।

आजको युग भनेको २१ औँ सताब्दीको हो। जहाँ चेतनशील अनि सम्बृद्ध समाजको कल्पना गरिएको हुन्छ। त्यो समाज निर्माणको लागि युवाहरु सँग हातेमालो गर्दै अगाडी बढ्नुको विकल्प छैन। आजको दिनहरुमा हामीले लिने हरेक निर्णयहरु बिबेकशील हुनु आबश्यक छ। हामीहरुले बिरोध गर्नुपर्ने कुराहरुलाई पनि भद्र तरिकाले आफ्नो बिबेकको सहि प्रयोग गरेर गर्नु पर्छ। नेपाली समाजलाई परिबर्तन गरि सम्बृद्ध बनाउने अठोट छ भने क्षणिक फाइदाको लागि कसैको पक्ष पोसन कदापी गर्नु हुँदैन।

सामाजिक संघ-संस्थामा प्रवेश गरेपछि राजनीतिको खोलमा समाज भाडने गतिबिधि जो कोही भएपनि अबिलम्ब बन्द गर्नु पर्छ। कोहि मान्छे संघ-संस्थाको नेतृत्व गर्न आउँछ भने अन्ध समर्थन गर्नु पनि हुँदैन। नेतृत्व गर्ने मान्छे कमसेकम समाजले पचाउने अनुहार र उसको व्यक्तिगत छबि कलंकित नभएको हुनु पर्छ। उसले ल्याएको दृस्टीकोण र मुद्धाहरु समाजलाई परिबर्तन गराउन सक्ने साथ-साथै समाजलाई सहि दिशानिर्देश गराउने खालको छकि छैन हामीले अध्यन गर्नु जरुरि छ।

 

 

प्रतिक्रिया