ओ.एस नेपाल लाइफ टाइम एचिभेन्ट अवार्ड-२०७४ बाट महर्जन सम्मानित

इनेप्लिज २०७४ भदौ २८ गते ३:०६ मा प्रकाशित

कवि, गीतकार, साहित्यकार, चित्रकार एवं गायक सुरेन्द्र महर्जन”अमर” ओ. एस नेपाल म्युजिक अवार्ड २०७४ बाट ओ. एस नेपाल लाइफ टाइम एचिभेन्ट अवार्ड-२०७४ ( lifetime achievenent award 2074) बाट सम्मानित भएको छ । हालै राजधानीको सुन्धारा स्थित आर्मी अफिसको क्लबमा सम्पन्न भएको ओ. एस म्युजिक अवार्ड २०७४ मा २३० उत्कृष्ट मध्यबाट ४६ विद्यामा अवार्ड र प्रमाणपत्र वितरण गरिएको थियो भने उक्त कार्यक्रममा सुरेन्द्र महर्जन”अमर” लाई उहाँले विगत तीन दशकभन्दा लामो समयदेखि साहित्यमा दिनुभएको योगदान र दुई दशक भन्दा लामो गायन तथा चित्रकारीता यात्राको  मुल्यांकन गरि उक्त सम्मान दिएको हो । “अमर” का प्रकाशित सोह्र कृति मध्य तीन एल्बम रहेको छ, दुई उपन्यास, एक कविता संग्रह, चार गीत संग्रह, दुई हाइकु संग्रह, एक तान्का संग्रह, नेवारी गीत संग्रह आदि गरी हालसम्म प्रकाशित भएको छ । आधी दर्जन भन्दा बढी  विभिन्न संधसंस्थामा आबद्ध रहेको र दर्जन भन्दा बढी पुरस्कार सम्मान पनि प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया