गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका-छैठौं साधारण सभाबाल्टीमोरमा हुने

इनेप्लिज २०७४ भदौ २८ गते ९:४१ मा प्रकाशित

सेप्टेम्बर १२, २०१७

आदरणीय सदस्यज्यूहरु,
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका,
यस संघको चालु बिधान २०१७ अनुसार बार्षिक साधारण सभा देहायको स्थान, मिति र समयमा हुने भएकोले यहाँहरुको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु। यस सभामा भौतिक रुपमा उपस्थित हुननसक्ने सदस्यज्यूहरुका लागि अडियो-भिजुयल प्रबिधिको प्रयोग गरि सहभागि गराइने समेत जानकारी गराउन चाहन्छु।
एजेण्डाहरु:

१. निर्वाचन कमिशनबारे

२. जुडिसियल कमिटीबारे

३. काठमाण्डौमा हुने बिश्व सम्मेलनमा सहभागी हुने डेलिगेट्सहरुको छनोटबारे

४. संस्थाको नियमित आर्थिक र अन्य गतिबिधिको प्रतिवेदनबारे

५. बिधान संसोधन: (एनसीसी र आइसीसी बिधानको संयोजन र समायोजन)

६. विविध:

मिति: सेप्टेम्बर १६, २०१७
समय: १०:३० वजे – ५ बजेसम्म
स्थान:

Sheraton Inner Harbor, Baltimore

300 South Charles St.

Baltimore, MD 21201

Phone: 410-347-1848

कार्यक्रमको थप जानकारी पछि जानकारी गराइने छ।

धन्यवाद !
रबिना थापा
उपाध्यक्ष तथा कन्भेनर
छैठौं साधारण सभा
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका

प्रतिक्रिया