सुरक्षित सहकारीमा रक्तदान

इनेप्लिज २०७४ भदौ २८ गते १०:२० मा प्रकाशित

खोलेसिमल, चितवन, २८ भाद्र ।
पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ खोलेसिमल स्थित सुरक्षित बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा संस्थाको प्राङ्गणमा आज खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । संस्थाले हरेक वर्ष जस्तै यस वर्ष पनि १०औं वार्षिक साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

संस्थाका उपाध्यक्ष शितल काजी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक हिमलाल खतिवडाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति ज्ञानशाली न्यौपानेले रक्तदाता राममणि पगेनीलाई रगत राख्ने ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि न्यौपाने, नेपाल रेडक्रस सोसाइटी जुटपानी उपशाखाका सभापति लिला बहादुर गुरुङ्ग, कालिका वडा नं. ६ का वडाध्यक्ष बिनोद रेग्मीले मन्तव्य व्यक्त गरेका थिए । सो रक्तदान कार्यक्रममा १ सय ८ जना रक्तदाताले रक्तदान गरेका थिए । साथै संस्थाको १०औं वार्षिक साधारण सभा यही भदौ ३१ गते शनिबार हुने संस्थाले जनाएको छ ।

प्रतिक्रिया