चाडपर्वका बेला छोरो परदेशमा आमा घरदेशमा आँसु बगाउँदै

इनेप्लिज २०७४ भदौ २८ गते १२:५३ मा प्रकाशित

काठमाडौं– आफ्नो सन्तानको पिरमा रात दिन आँसु साथी बनाउने आमा–बाबु हुन् । डिग्री पढेर पनि राम्रो जागिर नपाएको गरिब र दुःखी छोराको वास्तविक कथामा समावेश लोक गीत ‘छोरो’को अडियो तथा म्युजिक भिडियो सार्वजनिक प्रालिमार्फत कर्ण रसाइलीको स्वरमा रहेको उक्त गीतलाई सर्जक तथा गायक बिरही कार्कीले शब्द तथा लय भरेका छन् ।

गीतको म्युजिक भिडियोतर्फ कुमार केसीको निर्देशनमा कालाकार तथा निर्देशक मोहन निरौला, बिद्या कार्की, लिला गिरी, मोहन सिंङ जिपी, विशाल कार्कीलगायतको अभिनय रहेको छ ।

गीत ‘मेरै यादमा रुदीँ हौ आमा, सँधै आँसु बोकेर आँखामा’ जस्ता मार्मिक शब्दहरुले सजिएको छ । सन्तानलाई माया नगर्ने आमा र आमालाई माया नगर्ने सन्तान सायद विरलै होलान् ।

भिडियो लिंक

प्रतिक्रिया