आठ फीट अग्लो बुद्ध मुर्ति एनईसीसीमा

इनेप्लिज २०७४ भदौ २९ गते १:५४ मा प्रकाशित

नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र(एनइसीसी) पशुपति बुद्ध मन्दिर परिसरमा ८ फ़ीट अग्लो भगवान बुद्धको प्रतिमालाई यसै महिना प्राण प्रतिष्ठा गरिने भएको छ ।

नेपालका अर्बपति बिनोदकुमार चौधरीको सौजन्यबाट प्राप्त उक्त प्रतिमालाई एनईसीसीको मेरिल्याण्डको विल्सभिलस्थित आफ्नो परिसरमा निर्मित लुम्बिनी बगैंचामा प्रतिष्ठापित गरिदैछ । नेपाली समुदायको पहलमा गरिएका मध्य यहाँ प्रतिष्ठापित गर्न लागिएको यो बुद्ध प्रतिमा अमेरिकाकै सबभन्दा ठूलो मानिएको छ । यस प्रतिमालाई बुद्धधर्मको बिधि अनुरुप यही सेप्टेम्बर १७ तारिक शनिबार दिनको १२ बजेकोको शुभसाइतमा प्राण प्रतिष्ठा गर्न लागिएको एनईसीसीले जनाएको छ ।

उक्त प्राण प्रतिष्ठा समारोहमा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्की हुनु हुनेछ भने विशिष्ट अतिथिमा बिनोद कुमार चौधरी कि धर्मपत्नी सारिका चौधरी हुनु हुने भएको छ l

नयाँ बर्ष २०१७ को शुभ अवसरमा अर्बपति चौधरीले करिब ८ फिट लामो तथा ८ सय पाउण्ड बराबरको बुद्धको मुर्ति नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र लाई दिएका हुन् l

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र तथा पशुपति बुद्ध मन्दिरमा रहेको करीब ७६ रोपनी जग्गामा लुम्बिनी बगैचाको निर्माण समेत गरिएको छ l लुम्बिनी बगैचाको परिकल्पनाकार महाबाणिज्य दुत तथा वरिष्ठ लोक गायक प्रेम राजा महत हुन् l र उक्त बुद्धको प्रतिमाको अनावरण पछि सार्बजनिक गरिने छ l

यो अद्वितीय कार्यको पहल मेरिल्याण्ड तथा पेन्सिल्भानिया का लागि नेपाल सरकारका महा बाणिज्य दूत प्रेम राजा महतले गरेका हुन् l यो अवस्था सम्म ल्याई पुर्याउन एनईसीसीका सभापति खिलेन्द्र न्यौपाने तथा उनका समुहको ठुलो हात रहेको छ l

यसै गरि लुम्बिनी बगैचा बनाउने जिम्मेबारी परम्परागत बौद्ध धर्म संघ तथा समाज सेवी राम मालाकारको अगुवाईमा भएको हो भने त्यसको संरक्षण तथा सम्बर्धन पनि यसैले गर्नेछ l

पशुपति बुद्ध मन्दिरलाई धार्मिक स्थल को साथै पर्यटकीय स्थलको रुपमा विकास गराउने लक्ष्य समेत रहेको छ l यसको साथै तामांग समाज वाशिंगटन डीसीको ठुलो सहयोग रहेको जानकारी एनईसीसीका सभापति न्यौपानेले दिएका छन् l

यो लुम्बिनी बगैचाको लागि डीसी महानगरमा बसोबास गर्ने समाज सेवी प्रभा भट्टराई देउजाले अमेरिका नेपाल सोसाइटी को तर्फ बाट वाटर फाउनटेन ” पानी फोहरा “निर्माण गर्ने पहल तथा सवै संघ/संस्थालाई आबद्ध राउने समेत जिम्मेबार लिएकी छिन् l देउजाले काम सुरु गरि सकेकी छिन् भने आगामी आइतबार सेप्टेम्बर १७ तारिख मध्यान्ह १२ बजे पछि हुने ऐतिहासिक समारोहमा डीसी महानगर क्षेत्रका सवैलाई आमन्त्रण गरिएको छ l

यो ठुलो चाड पर्व र अवसर भएकोले उपस्थित भै समारोहको शोभा बढाई दिनु हुन् अनुरोध सभापति न्यौपानेले यसै मार्फत गरेका छन् l

 

प्रतिक्रिया