वासिंटन डिसीमा गौतम बुद्ध

इनेप्लिज २०७४ असोज २ गते १:५५ मा प्रकाशित

नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र(एनइसीसी)को वासिंटन डिसी महानगर क्षेत्रभित्र रहेको पशुपति बुद्ध मन्दिर परिसरमा आठ फीट अग्लो गौतम बुद्धको प्रतिमा आज सेक्टेम्बर १७ आइतवार एक धार्मिक समारोहका बीच प्राण प्रतिष्ठा गरियो ।

बुद्ध धर्मको विधिअनुरुप लामा गुरुहरुले मन्त्र पाठ गरी प्राण प्रतिष्ठा गरिएको थियो भने अमेरिकाका लागि नेपालका राजदूत डा.अर्जुन कार्की र प्रतिमा निर्माणमा प्रायोजन गर्नु हुने नेपालका अर्बपति सारिका चौधरीले संयुक्त रुपमा प्रतिमाको अनावरण गर्नु भएको थियो । प्रतिमा अर्बपति विनोद चौधरीको सौजन्यमा प्राप्त भएको थियो । उक्त प्रतिमा पशुपति बुद्ध मन्दिर परिसरमा प्रतिस्थापन गर्न मेरिल्याण्ड र पेन्सील भेनियाका लागि नेपालमा अबैतनिक राजदूत प्रेमराजा महतले महत्वपूर्ण सहयोग गर्नु भएको थियो ।

कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणमा एनइसीसीका बरिष्ठ सदस्य राम मालाकार तथा परम्परागत बौद्ध धर्म संघका अध्यक्ष धर्म महर्जनको अगुवाइमा भक्तजनहरुको टोलीले विधिपूर्वक पूजा पाठ र भजन गरेको थियो । दोश्रो चरणमा प्रतिमा अनावरण गर्नुका साथै सहभागी अग्रज तथा सहयोगीहरुद्धारा एनइसीसीलाई शुभकामना ब्यक्त गर्ने कार्यक्रम थियो । सो अवसरमा विशेष अतिथि सारिका चौधरीले विदेशमा पनि नेपाली संस्कृति एवम् सनातन धर्मको रक्षा र विस्तारका लागि अमेरिकाको नेपाली समुदायले गरेको प्रयास देखेर आफ्नो संस्थाले यो प्रतिमा दान गर्ने निधो गरेको बताउनु भयो । उहाँले प्रेमराजा महतद्धारा प्रस्ताव गरिएको बुद्ध प्रतिमाकैआकारका पशुपति नाथ अर्थात भगवान शिवजीको प्रतिमाको बारेमा चौधरी ग्रुपमा र विनोद चौधरीसँग सल्लाह गरेर जानकारी गराउनेबचन दिनु भयो ।

प्रेमराज महतले यस अघि चौधरी ग्रुपबाटै भगवान शिवजीको पनि प्रतिमा दान गर्न प्रस्ताव गर्नु भएको थियो ।

सारिका चौधरीले बुद्ध भगावानको प्रतिमा प्रतिस्थापन गरेर अमेरिकाका नेपालीले नेपाल र विश्वमै शान्ति स्थापना गर्न प्रेरित गरेको र चौधरी ग्रुपलाई यसमा सामेल गराएकोमा धन्यवाद गर्नु भएको थियो । सो अवसरमा चौधरी ग्रुपद्धारा सामाजिक तथा कल्याणकारी कार्यहरुको चर्चा पनि गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपालका राजदूत डा.अर्जुन कार्कीले कुटनीतिक तथा राजनीतिक सम्बन्ध विकासका लागि र नयाँ पुस्तालाई नेपालको पहिचान गराउन साँस्कृतिक प्रयास स्वरुप यो बुद्ध प्रतिमा स्थापनाबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा एनइसीसीका संस्थापक डा.हरि शर्मा,विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
लामागुरु पेमा लामा,बौद्ध धर्म संघका बुद्धरत्न महर्जन,एनइसीसी निर्बाचन समितिका संयोजक डा.महेन्द्र कार्की, डा.विष्णु पौडेल,मेदिनी अधिकारी,खगेन्द्र अधिकारी, कृष्ण निरौलालगायतले आफ्नो धारणा राख्नु भएको थियो । कार्यत्रमको पहिलो चरण उपाध्यक्ष सरोज प्रजापतिले र दोश्रो चरण महासचिब नेत्र घिसिंग र परशु तिमिल्सिनाले संचालन गर्नु भएको थियो । कार्यक्रममा नयाँ ट्रष्टि तथा सहयोगीहरुलाई प्रशंशा पत्र प्रधान गरिएको थियो ।

कार्यक्रममा ९ बर्षिय बालिकाको नेपाली गीत र शाश्त्रीय नृत्य आकर्षक थिए । कार्यक्रमका सहभागीहरुलाई घर ए कवाफ लोकनाथ तिवारीको सौजन्यमा प्रसाद भोजन गराइएको थियो । रामचन्द्र भट्टराई र मधुसुधन भण्डारीले दाताहरुबाट दान सहयोग संकलन गर्नु भएको थियो । कार्यक्रमलाई संस्थाका अध्यक्ष खिलेन्द्रमणि न्यौपानेले कार्य प्रगतिको समीक्षा गर्दै दाता र सहयोगी सबैलाई धन्यबाद दिएर समापन गर्नु भएको थियो ।

 

सहभागी हुन् आएका सहभागीहरुका तस्बिरहरु :

 

 

तस्बीर सौजन्य : खेम भट्टचन

 

 

 

संयुक्त राज्य अमेरिककाको मेरील्याण्ड राज्यमा निर्मित पशुपति बुद्ध मन्दिरको सहयोगार्थ, नेपालका अर्बपति बिनोद चौधरी ज्युबाट उपहार स्वरुप प्राप्त भएको करिव आठ फीट अग्लो बुद्ध मुर्तिको प्राण प्रतिष्ठा कार्यक्रमको प्रत्यक्ष प्रसारण..

Posted by Enepalese on Sunday, September 17, 2017

प्रतिक्रिया