चितवनको रत्ननगरमा दशैं फेसन शो हुने

इनेप्लिज २०७४ असोज ३ गते १७:४५ मा प्रकाशित

शिशिर सिंखडा
रत्ननगर, चितवन, ३ असोज ।
पूर्वी चितवनको रत्ननगर १ स्थित स्टाईल लस्ट फेसन डिजाइनिङ्ग कलेजको आयोजनामा दशैं फेसन शो एण्ड लाईभ म्युजिक फिस्टा २०१७ हुने भएको छ । पूर्वी चितवनमै पहिलोपटक हुन लागेको उक्त कार्यक्रममा १४ जना अनुभवी मोडलहरु मार्फत् फेसन शो प्रस्तुत गरिनेछ । सौराहा चोक स्थित होटल गंगोत्री हाईवेमा यही असोज ११ गते फुलपातीको साझ हुने कार्यक्रममा विभिन्न ४ चरणमा फेसन शो हुने आयोजकले जनाएका छन् ।

विभिन्न ४ चरण अन्तर्गत ब्राइडर राउण्ड, फ्युजन राउण्ड, वेस्टर्न गाउन राउण्ड र फोर सिक्वेन्स राउण्डमा विभिन्न अनुभवी फेसन डिजाइनरले तयार गरेका फेसनहरु प्रस्तुत गरिनेछ । आज मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक एवम् कलेजका प्रवन्ध निर्देशक बादल खनालले फेसन शोका अतिरिक्त लाईभ म्युजिकबाट समेत दर्शकहरुले मनोरञ्जन लिने बताए ।

उक्त फेसन शो एवम् लाईभ म्युजिकमा प्रवेश शुल्क १ हजार र ५ सय रुपैयाका टिकट राखिएको छ । प्रत्येक टिकटबाट प्राप्त रकमको केही प्रतिशत रकम अनाथ बालबालिकाको शिक्षा आर्जनमा खर्च गरिने समेत संयोजक खनालले बताए । करिब ६ सयजना दर्शकहरुको सहभागीता रहने कार्यक्रमबाट उक्त फेसनहरुको प्रस्तुती अनुभवी मोडलबाट दर्शकमाझ देखाइने छ । सो पत्रकार सम्मेलनमा फेसन डिजाइनर रोहित चौधरी, कलेजका अध्यक्ष कर्मा डण्डुप लामा, मोडलहरु कृपा अधिकारी, निकिता मगर, पुनम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए

प्रतिक्रिया