जीवनका रंगहरु ( Colors of Life)

इनेप्लिज २०७४ असोज ५ गते ०:४६ मा प्रकाशित

जीवनका रंगहरु ( Colors of Life) अमेरिकाको विभिन्न राज्यहरुमा बसोबास गरिरहनु भएका नेपालीमूलका अमेरिकी जोडी ( Couple)सँग गरिएको कुराकानीका आधारमा तयार पारिएको प्रस्तुती हो l यो प्रस्तुतीमा हामी जीवनलाई समेट्ने विभिन्न रङ्हरु, आयामहरु अनी जीवनलाई हेर्ने सही दृष्टिकोणका बारेमा कुराकानी गर्नेछौ l

यसै शृंखला अन्तर्गत आज हामी समक्ष हुनुहुन्छ – नर्थ क्यारोलाइना राज्यमा बसोबास गर्नु हुने मनोज कार्की एवम् प्रज्ञा थापा कार्की l

प्रस्तुत छ वहाँहरुको विचारमा के हुन त जीवनका रङ्हरु –

१) जीवन (Life) के हो ?
— जिवन एक रोमान्चक अनुभव हो ||

२) खुशी (Happiness) के हो ?
— हाम्रा साना छोरा छोरी का मुहारको हासो हो ||

३) कर्तव्य (Responsibility) के हो ?
— कर्तव्य त्यो कर्म हो जस्ले मनिसलाइ सधै सहि मार्ग मा डोर्याउछ ||

४) सम्बन्ध (Relationship) के हो ?
— सम्बन्ध कर्कला को पानी जस्तै हो – सम्हाल्नसके मोतिजस्तै निर्मल, सम्हाल्न नसके बगेर सक्किने ||

५) आत्मीयता (Intimacy) के हो ?

— आत्मियता दुइ आत्मा को त्येस्तो सम्बन्ध हो जस्मा एउटा लाइ पोल्दा अर्को लाइ दुख्छ ||

आजको शृंखलामा यतिनै l अर्कोपटक फेरी अर्को जोडीलाई लिएर आउने छौ l त्यतिन्जेल्का लागि विश्राम l सबैको जीवनमा खुशीका रन्ङहरु भरिउन, सफलताले शिखर चुमुन अनी आत्मविश्वासले गहिराइ नछोडुन, सबैमा हार्दिक हार्दिक शुभकामना l प्रतिक्षा गर्नुहोस् अर्को पालो तपाईंको हुनसक्छ l

प्रस्तुतकर्ता सुवास ढकाल

प्रतिक्रिया