हिन्दु बुद्ध मन्दिर, बाल्टिमोर – मेरिल्याण्ड सेप्टेम्बर २१, बिहिवार

इनेप्लिज २०७४ असोज ६ गते १५:५७ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यको वाल्टिमोरमा वन्दै गरेको “हिन्दु वुद्ध मन्दिरमा” पहिलो पटक ऐतिहासिक “घटस्थापना” को दिनमा १०१ थालीहरुमा जमरा राखियो।

 

हिन्दुहरुको महान चाड वडा दशैं शुरु भए संगैं आज पहिलो दिन माता श्री दुर्गा भवानीको प्रतिकका रुपमा बाल्टिमोर मेरिल्याण्डकै इतिहासमा पहिलो पटक निर्माणाधीन “हिन्दु बुद्ध मन्दिर” मा पनि पण्डित गुरु श्री कमलनाथ सापकोटाज्युको हातबाट विधिवत रुपमा पुजाआजा गरि “घटस्थापना” गरिएको छ।

 

“हिन्दु बुद्ध मन्दिर” निर्माणमा सक्रिय रहेका स्वयंसेवकहरुको विशेष पहलमा यस क्षेत्र वरपर बसोवास गर्दै आउनुभएका नेपाली बिद्यार्थी, ब्यबसायी लगायत बिबिन्न क्षेत्रहरुमा आबद्ध नेपाली परिवारहरुको लागि बडा दशैंको लागि आवश्यक “जमरा” सहज रुपमा उपलब्ध गराउनका लागि पनि निर्माणाधीन मन्दिर भित्रै करिव १०१ ओटा थालीहरुमा जमरा राखिएको बताइएको छ। रुम शेयर गरि वा अपार्टमेन्ट आदिमा बस्दै आउनुभएका र चाहेर पनि घटस्थापना गरि जमरा राख्न नपाएका परिवारजनहरुलाई यसबाट ठुलो राहत सहयोग मिल्नेछ मन्दिर निर्माणका अभियन्ता कृष घिमिरेज्युले हामीलाई बताउनु भएको छ।

बाल्टिमोर मेरिल्याण्ड कै इतिहासमा पहिलोपटक यति ठूलो मात्रामा जमरा राखिएको यो नै पहिलो पटक हो। धेरै जनसंख्या भएको हाम्रो नेपाली समुदायका लागि यो पर्याप्त नहुन पनि सक्दछ तर पनि “हिन्दु बुद्ध मन्दिर” ले आफ्नो समुदाय प्रती देखाएको गहन जिम्मेवारीको शुरुआत र प्रयासको प्रशंसा गर्नै पर्ने हुन्छ, सक्रिय स्वयंसेवक शलिक वाग्ले ज्युले जानकारी गराउनुभयो।

यसरी नै हामीले हरेक कामहरुलाई समुदायसँग हातेमालो गर्न सके “हिन्दु बुद्ध मन्दिर” निर्माण कार्यले छिटो गन्तव्य पाउने पक्का छ, समाजसेवी डा. श्याम कार्की ज्यु यस्तो बताउँदै हुनुहुन्थ्यो ।

“हिन्दु बुद्ध मन्दिर” को यो पहिलो प्रयास भएको हुँदा यस पालीका लागि १०१ थालीहरुमा मात्र जमरा लगाईएकोले बडा दशैंमा इच्छुक ब्यक्ति वा परिवारजनहरुलाई समय मै सम्बन्धित हिन्दु बुद्ध मन्दिरका स्वयंसेवकहरुसंग यथासिघ्र सम्पर्क गर्नहुन अनुरोध गर्दै सबै भन्दा पहिले सम्पर्क गर्नु हुने परिवार वा ब्यक्तिलाई पहिलो प्राथमिकता दिने आधारमा पहिलो करिव १०१ जनालाई मात्र उपलब्ध गराउने जानकारी हिन्दु बुद्ध मन्दिरका तर्फबाट यस दशैं पुजा ब्यबस्थापनमा सक्रिय स्वयंसेवक दिपक शर्मा रिजाल ज्यु, सक्रिय स्वयंसेवक मन कुमार श्रेष्ठ ज्यु तथा समाजसेवी तरुण पौडेल ज्युले हामीलाई बताउनु भएको छ।

परम्परा देखि चल्दै आएको घटस्थापनाका दिन विधिपूर्वक दियो, कलश र गणेशको पूजा गर्ने र माटोको पूर्णघडामा गाईको गोबर राखी घाम नछिर्ने अँध्यारो कोठामा जौ वा मकै रोपेर जमरा राखी पञ्चरत्न चढाई शक्तिरुपी दुर्गा भवानीको आराधना गर्ने प्रचलन रहि आएको छ । माता भगवतीलाई मन पर्ने वनस्पति जमरा भएकाले भगवतीलाई खुसी पार्नको लागि जमरा उमार्ने परम्परा रहेको छ। यसरी उमारिने जमरा विजयादशमीका दिन आफ्ना मान्यजनहरुबाट टीका ग्रहण गर्दा लगाईन्छ । दशैंको टीका लगाउँदा अन्य फूलको सट्टा समृद्धिको प्रतीक पहेंलो जमरालाई प्रयोग गरिन्छ ।

देशबिदेश लगायत संसारभर छरिएर रहेका हिन्दु धर्मावलम्बीहरुले आ-आफ्नो विधि र परम्परा अनुसार माता श्री दुर्गा भवानीको पूजा–आराधना गरी आजदेखि पूर्णिमासम्म १५ दिन आ-आफ्नो घरमा दशैं हर्षोल्लासका साथ मनाईँदैछ।

र अन्त्यमा, संसारभर फैलिएर रहनुभएका सम्पुर्ण नेपाली परिवारजनहरुमा सम्पुर्ण हिन्दु बुद्ध मन्दिर परिवार तथा मेरिल्याण्डका हामी नेपाली परिवारका तर्फबाट शुभ बिजया दशमीको हार्दिक मंगलमय शुभकामना!!

थप जानकारी तथा दशैंको “जमरा” चाहिएमा सम्पर्क:
Deepak Rijal: 443-310-3163
Tarun Paudel: (410)905-5791
Sangam Nepali Acharya: 443-850-0990
Man Kumar Shrestha: 443-797-9251
Indu Raj Regmi: 410-562-2658
Srijan Tamrakar: 443-675-8889

प्रतिक्रिया