अमेरिकामा यूवा कलाकार निक्की कार्की यौन उत्पीडन को शिकार

इनेप्लिज २०७४ असोज ७ गते २:३४ मा प्रकाशित

अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी यूवा कलाकार निक्की कार्की यौन उत्पीडन को शिकार मा परेकी छिन् l २० बर्षिय किशोरी निक्की कार्कीलाई नेपाली ले यौन दुर्व्यवहार को प्रयास गरेका छन् l

नर्थ क्यारोलिनाका सुशील नेपाल नामक व्यक्तिले किशोर अवस्थाकि एक कलाकारलाई प्रस्तुति गर्न क्यालीफोर्नियाबाट नर्थ क्यारोलिना आउदा हौशला र प्रोत्साहन गर्नु को सट्टा कुदृष्टि राखी यौन दुर्व्यवहारको प्रयास गरेका छन् l

उक्त घटना गत सेप्टेम्बर १ देखि ३ सम्म नर्थ क्यारोलिनाको सार्लोट सहरमा आयोजित नासा-अन्माको संयुक्त सम्मेलनको अन्तिम दिनको सांगीतिक कार्यक्रममा सहभागी हुन आएकी युवा गायीका निक्की कार्की माथि यौन दुर्व्यहार भएको हो l

पिडित कार्कीले संस्था कै तर्फ बाट आफुले न्याय पाऊ र कारवाहीको माग गर्दै नासा-अन्माको संयुक्त सम्मेलनमा आयोजकलाई कुरा राखेको उनले भिडियो (श्रब्य दृश्य )मार्फत बताएकी छिन् l घटना गतेको करिब २ हप्ता बितिसक्दा पनि सो घटनाका आरोपीलाई कुनै सार्वजिक तथा संस्थागत कारवाही नगरिनुले घटनालाई लुकाउन खोजेको महसुस गरि उनले आफ्ना कुराहरु प्रत्यक्ष प्रसारण मार्फत भनेकी छिन् l उनले सबै संग सल्लाह र सुझाव मागेकी छिन् l

 

यत्रो दिन सम्म आफुले पर्खेको र आफुले संस्था बाट नै कुनै ठोस निर्णय नदिएकोले आफुले सार्बजनिक रुपमा आफु माथि घटेको कुरा स्पष्ट संग उजागार गरेकी छिन् l

उनले गत सेप्टेम्बर २१ तारिखका दिन उनले सामाजिक संजाल फेसबुक (मुहार पुस्तिका )मार्फत आफु पिडित भएको र पिडामा डुबेको बताएकी छिन् l आयोजक संस्था भित्र कै सुशील नेपालले गायीका कार्की माथि पटक पटक यौन दुर्व्यवहार गर्न खोजेका थिए l

सुशील नेपाल को नियति माथि शंका र उपशंका ? कुदृष्टि राख्दै कस्ता कस्ता बहाना गरे र के के भने ?

पहिलो ,नेपालले कार्यक्रमको दिन बिहान ५ बजे विमानस्थलमा गायीका कार्कीलाई आफ्नो निजि गाडीमा लिन गएका थिए l तर उनले गायिका कार्कीलाई कसैले सोधेमा उबर(ट्याक्सी)मा आएको भन्नु , म लिन आएको नभन्नु भनेका थिए l कार्कीले त्यो शब्द सुने पछि ज्यादै पिडामा परेको भिडियोमा उल्लेख गरेकी छिन् l

दोश्रो ,नेपालले पाहुना घरमा पुगी सकेपछि अहिले अतिथि गृहमा कोठा लिन नमिल्ने र आफ्नो कोठामा सपरिवार रहेको बताएका थिए l तर निक्की कोठामा पुगे पछि कोहि नभएको र निज व्यक्तिले एकै ओछ्यानमा सुत्न भनेको कुरा उनले बताएकी छिन । र बीचमा सिरानी राखेको देख्दा योजना रहेको उनलाई लागेको भिडियोमा पनि जनाएकी छिन् l

उनि नेपाल ले भौतिक रुपमा केहि गर्छ भन्ने जस्तो लागेर केहि गर्यो भने प्रहरी लाई बोलाउछु भनि आफ्नो संचार माध्यम फोन (भ्रमण ध्वनि ) तयार रहेको उनले भिडियोमा पनि बताएकी छिन् l

तेश्रो ,कलाकार निक्कीले आफ्नो कार्यक्रम सके पछि नेपाल आएर बियर (जौ मदिरा )खान आफ्नो कोठामा आग्रह गर्दा आफु कहिले पनि जौ मदिरा खादिन भनेको समेतले नेपालको नियत प्रष्ट भएको बुझिन्छ l अमेरिकामा २१ बर्ष देखि मात्र मध्यपान गर्न पाइने कानुन छ तर उनले कोठामा गएर संगै पिउने नियत माथि अझ शंका उपशंका उब्जिएको छ l

चौथो , कलाकार निक्किले गीत गाए पछि कार्यक्रम सकिए पछि आफ्नो कोठामा उनको परिश्रम वापत चेक (धनादेश )लिन आउन भनेको र आफुलाई अत्यन्त डर र असुरक्षित महसुस भएकोले सम्पूर्ण घटनाको जानकारी कार्यक्रम मै भेट हुनु भएकी एक महिला मार्फत आफ्नो पिडा सार्वजनिक गरेको कुरा बताएकी छिन l

त्यति मात्र नभई प्रहरीलाई समेत गुहार मागेको निक्कीले बताएकी छिन् l प्रहरीले कुनै भौतिक क्षति नपुर्याएको र भौतिक आक्रमण तथा स्पर्श नगरेको हुनाले संस्थागत प्रक्रिया बाट नै आउनु भनेकोले अन्तिम निर्णय संस्था बाट आउने अपेक्षामा रहेको थिए तर नआएकोले कुरा राखेको भिडियोमा उल्लेख छ l

स्थापना काल देखि अमेरिका कै सबै भन्दा राम्रो र कहिले विवाद नआउने ,राजनीतिको गन्ध नआउने नेपालीहरुको संस्था नासा-अन्मा पनि विवादमा त्यसै तानिने भएको छ l संस्थाले निर्णय ढिलो गरि दिएको हुनाले कलाकार निक्किले बाध्य भै सार्बजनिक गरेकी हुन् l

बिदेशमा नेपाली ले नेपाली माथि त्यसमा पनि एउटा किशोरी यौन दुर्ब्यबहार को शिकारमा पर्नु यो जस्तो दुर्भाग्य केहि हुन् सक्दैन l कलाकारहरु राष्ट्रका गहना र सम्पत्ति हुन् भन्ने कुरा केवल फोश्रो नारा मात्र मा सिमित रहने छ कि भन्ने यो घटनाले देखाएको छ l

मानवीय नाता , नारी संवेदना ,नेपाली आस्था र गौरव सबै गैरआवासीय नेपालीहरुको उद्धेश्य संग जोडिएको ले यस्ता निन्दनीय घटना नहुन हामी सचेत हुन् जरुरि छ l महिलाहरुको अस्मितामा खेलवाड गर्ने कोहि पनि व्यक्ति कानुन बाट उम्कन नपाउन l

यी किशोरी युवा गायिका निक्की कार्की को यो भिडियो हेरौ :

https://www.facebook.com/nickykarkii/videos/1535158046541021/

 

 

प्रतिक्रिया