विश्व शेर्पा सम्मेलनले गर्दा शेर्पा शेर्पा बीच आत्मियता बढाउने छ -समाजसेवी कुङ्गा शेर्पा

इनेप्लिज २०७४ असोज ८ गते ११:१८ मा प्रकाशित


काठमाडौँ l नेपालमा पहिलो पटक हुन लागेको विश्व शेर्पा सम्मेलन आफैमा एक एतिहासिक सम्मेलन हो l नेपालको शेर्पा भन्ने बितिक्कै विश्वले हिमाली भेगमा बसोबास गर्ने एक निडर, साहसी, बिस्वाशिला तथा हिमाल आरोहरण गर्नमा बिश्वब्यापी रुपमा प्रख्यात भनेर चिनिदै आएका छन l विश्व शेर्पा सम्मेलन शेर्पा समुदायहरुको लागि एेतिहासिक सम्मेलन भएकाले यस सम्मेलनले गर्दा विश्वभरी छरिएर रहेका शेर्पाहरू बीच एकता र सहकार्य गर्न, सम्पूर्ण शेर्पाहरु बीच भाईचारा बृदी गर्न कोशे ढुंगा साबित हुने र शेर्पा समुदायमा सकारात्मक सन्देश दिन सफल हुनु पर्नेमा र शेर्पाहरुले गरेका कार्यहरुलाई विश्व भरिनै चिनाउन आउदै गरेको सम्मेलनले ठुलो भूमिका निर्बाह गर्ने कुरा ब्यबसायी एवं बरिष्ट समाजसेवी कुङ्गा शेर्पाले बताएका छन । उनि भन्छन अझ पनि कतिपय हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायका राम्रो र गुणस्तर शिक्षा बाट बन्चित भईरहेको अबस्थामा अबको विश्व शेर्पा सम्मेलनले समग्र शेर्पाहरुको निम्ति शिक्षालाई पहिलो प्राथमिकताको मुद्धा बनाउनु पर्ने भन्दै अझै पनि शेर्पा समुदाय भित्र शिक्षाको अभाव भई रहेको र उच्च शिक्षा लिनबाट बन्चित रहेकाहरूको निम्ति शैक्षिक जागरण सम्बन्धी अवश्यक पहलकदमी जरूरी भएको धारणा उनले राखेका छन् ।

विश्व जगतमा शेर्पा समुदायको जनसंख्या भन्दा कम रहेको अन्य जन संख्या तथा अल्प संख्यक जातिले समेत विश्वभरीका अधिकांश क्षेत्रमा आफ्नो पहुँच पुर्याएको उदाहरणले शिक्षाबाट नै सफलता मिलेको जनाउदै आफ्नो संस्कृति, पहिचान, धर्म र राजनितिलाई माथिल्लो उचाईमा पुर्याउन शिक्षाको महत्वपूर्ण रहेको उनले बताए । नेपाल लगायत विश्वका अन्य मुलुकहरू रहेको शेर्पाहरूको बीचमा पनि केहि मात्रामा फरक फरक भाषा र संस्कार भए पनि सबै शेर्पा समुदाय एकजुट भएर आफ्नो पहिचानलाई अरूलाई देखाउन सक्नुपर्छ र धर्ममा स्वतन्त्रता हुनुपर्छ भन्ने कुरा बताउदै उनले भने “शेर्पाहरूले अबको दिनमा आफ्नो अधिकार मागेर होईन लडेर लिनुपर्छ, शेर्पा समुदायको नाम उच्च राख्नु पर्नेमा उनले जोड दिए l शेर्पा समुदाय भित्र न्यून संख्यामा राजनीतिकर्मीहरू छन् राजनीतिले नै देशको नीति निमार्ण तयार गर्ने थलो भएकाले निति निमार्ण तहको पहुँच सम्म शेर्पाहरू पुग्न विश्व शेर्पा सम्मेलनले महत्वपूर्ण क़दम चाल्ने कुरमा समेत समाजसेवी कुङ्गा शेर्पा बिस्वस्त छन ।

उनि भन्छन नेपाल शेर्पा सघले विगतका दिनहरूमा शेर्पा स्वायत्ता प्रदेशको आन्दोलन लगायत अन्य पहिचान सम्बन्धी आन्दोलनको उपलब्धिहरूको समीक्षा र आन्दोलनले मुर्तरूप दिन नसक्नुको कारणलाई राजनैतिक बहसको रूपमा सम्मेलन उठाउनु पर्ने बताए । साथै उनले सम्मेलनले विश्वका भारिका शेर्पाहरूले सहकार्य ब्यावसयी सन्चालन सम्बन्धी अवधारणा तथा नेपालमा लगानी गर्ने सम्भावनाहरूको छलफल हुने अपेक्षा पनि राखेका छन् । शेर्पाहरु भनेका बिस्वब्यापी रुपमा प्रख्यात र बिस्वको हर कुनामा पुगेर नाम कमाउन सफल तथा नेपालको नामलाई बिस्वभरि चिनाउन मद्दत पुर्याउने एक साहसी जातिको रुपमा परिचित भएकोले गर्दा यस सम्मेलनले सम्पूर्ण शेर्पा जातिलाई एकजुट हुन र एकबद्द भएर शेर्पाहरुको आफ्नो भाषा,सस्कृति, पहिचानलाइ सम्रक्षण गर्दै आगामी दिनहरुमा शेर्पाहरुलाई ससक्त रुपमा अगाडी बढ्न मद्दत पुर्याउने कुरमा समाजसेवी कुङ्गा शेर्पा बिस्वस्त छन l शेर्पाहरुले विश्व शेर्पा सम्मेलनलाई एतिहासिक बनाउन आयोजकबाट सबैलाई समेटेर विवाद रहित र त्रुटि रहित बनाउनु पर्ने भन्दै सम्मेलनले युवा पुस्ताको सोच अबधारणालाइ पनि कदर गर्दै एक सबल नेतृत्व चयन गर्न सक्नु पर्नेमा उनको जोड छ ।

सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका -३ बेनीमा जन्मेका शेर्पा बिगत २० बर्ष देखि अमेरिकामा बसोबास गर्दै आएका छन l बिगत लामो समय देखि अमेरिका तथा कोरियामा व्यापार ब्यबसाय गर्दै आएका कुङगा टाक्तोक (शेर्पा) एक ब्यबसायी मात्र नभएर मनकारी, दिन दुखि अनाथहरुको सेवामा हरपल लागि पर्ने समाजसेवी पनि हुन l

यसै गरि समाजसेवी शेर्पा गैर आवसीय नेपाली संघ अमेरिकाको विजनेस टाक्सफोर्सका डाईरेक्टर कुङगा टकतोक (शेर्पा) अरु पनि धेरै संघ सस्थाहरुमा आबद्द भइ बिगत लामो समय देखि नेपाली समाज र नेपाललाइ सेवा गर्दै आएका छन l उनि नेपाल चेम्बर अफ कमर्स यु.एस.ए. का कोषाध्यक्ष, हिमालय कल्चर सेन्टर नेपालका ट्रष्टी मेम्बर, शेर्पा संचार समूह नेपालका सल्लाहकार, शेर्पा समाज साउथ कोरियाका सल्लाहाकार, शेर्पा सेवा केन्द्र नेपालका आजिबन सदस्य, पर्मानेन्ट फोरम अन इन्डीजिनियस इस्यु युनाइटेड नेसन न्युयोर्कको सदश्य, सिएमएफइ कम्बोडियाको सदश्य, भोलिन्टियर अफ इन्टरनेसनल सेन्टर यु एस ए, पुर्ब सस्थापक अधक्ष्य घर सित मुटु एन जी ओ र बर्तमान सल्लाहकार, प्रेसिडेन्ट अफ म्यानह्याटन एसोसोरिज ग्रुप इनक, चियरम्यान अफ आइ लभ नेपाल ग्रुप, नेपाल बुद्दिष्ट परिवार साउथ कोरियाको पुर्ब सस्थापक सदश्य साथै अमेरिकामा पहिलो पल्ट साप्ताहिक पत्रिका निकाल्ने व्यक्ति समेत रहेका छन l नेपालमा विभिन्न परिस्थितिमा अनाथ अपाङ्ग देखि लिएर खेलाडी र एनजीओ,क्लबहरुलाइ पनि सहयोग गर्दै आएका तथा बिसेष गरि शिक्षा क्षेत्रमा लगानी गरेर समाजलाई शिक्षाको उज्यालो दिन खोज्ने शेर्पा आफैमा एक बरिष्ट समाजसेवी पनि हुन l

प्रतिक्रिया