नग्माले ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने

इनेप्लिज २०७४ असोज ८ गते १३:२२ मा प्रकाशित

‘मिस नेपाल’ प्रतियोगीता आयोजना गर्दै आएको संस्था ‘द हिडेन ट्रेजर’ले आफ्नो २२ औं तथा ‘मिस नेपाल’को २३ औं बाषिर्कोत्सवको अवसर पारेर ‘मिस नेपाल यूनिभर्स’ घोषणा गरेको छ । नग्मा श्रेष्ठलाइ पहिलो ‘मिस नेपाल यूनिभर्स’ घोषित गरिएको हो ।

संस्थाका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले शिरमा ताज लगाइदिदै नग्मालाइ यो उपाधिको विजेता घोषित गरेका थिए । अब, उनी अमेरिकाको लास भेगासमा आयोजना हुने ‘६६ औं मिस यूनिभर्स’मा सहभागी हुन आँउदो नोभेम्बरमा अमेरिका जानेछिन् । नोभेम्बर २६ मा ‘मिस यूनिभर्स’को आयोजना हुँदैछ ।

‘मिस नेपाल’ आयोजना हुन थालेको २३ औं बर्ष पुगिसक्दा पनि अहिलेसम्म ‘मिस यूनिभर्स’मा नेपालले प्रतिनिधित्व गर्न सकेको थिएन । ‘मिस यूनिभर्स’मा सहभागी हुने अधिकार पाएपछि द हिडेन ट्रेजरले सन् २०१२ कि ‘मिस नेपाल अर्थ’ नग्मालाइ यो टाइटल दिदै अमेरिका पठाउने निर्णय गरेको हो ।

कार्यक्रममा बोल्दै नग्माले आफू पहिलो पटक ‘मिस यूनिभर्स’मा सहभागी हुन पाउँदा अत्यन्तै खुशी भएको बताइन् । उनले आफूलाइ दिइएको जिम्मेवारी पुरा गर्न कुनै पनि कसरी नछाड्ने बताइन् ।

 

प्रतिक्रिया