जेनेभामा दशैं कार्यक्रम भब्य

इनेप्लिज २०७४ असोज ९ गते २२:२६ मा प्रकाशित

स्वीटजरल्यान्ड । गत आईतबार २४ तारिकका दिन प्रबाशी नेपालि मंच स्वीटजरल्यान्डको आयोजनामा बिजया दशमी शुभकामना आदानप्रदान तथा बिबिध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मंचका महासचिब बिक्रम केसी द्वारा संचालित उक्त कार्यक्रममा एन आर एन स्वीटजरल्यान्डका अध्यक्ष भुमि गुरुङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

शुभकामना आदानप्रदान पछि मंचका बरिष्ठ उपाध्यक्ष श्रवन केसीले सांस्कृतिक कार्यक्रम संचालन गरेका थिए । बिभिन्न किसिमका नृत्य, गायन, कबिता बाचनले कार्यक्रमलाई थप रोचक तथा संगीतमय बनाउनुका साथै सुन्दर नृत्य प्रस्तुत गरी निता कपुर , गौरी गुभाजु , मन्जरी सापकोटाले सबैको वाहवाहि बटुल्न सफल भए । अहिले युरोपमा चम्किएका गायककार दिलिप थापाले मिठो स्वरमा दशैं गीत तथा नेपाली पप , लोकगित गाएर पुरै बाताबरण दशैँमय बनाउनु भएको थियो ।

कार्यक्रम सु-सम्पन्न गर्न आफ्नो अमुल्य समय र सहयोग प्रदान गर्नु हुने पत्रकार तथा गैर आवासीय नेपाली संघ स्विस का उपाध्यक्ष बिजय शर्मा दर्पण , एन आर एन स्विसका सचिब दिपेन्द्र रावत , नेपाली जनसम्पर्क समिति स्वीसका सदस्य दिपेन्द्र राउत , उत्सब भण्डारी लगायत सम्पूर्ण उपस्थित स्विसबाशी नेपालीहरुलाइ आयोजक कमिटीका तर्फबाट मंचका महासचिब बिक्रम केसीले धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया