भाषाविद् मुकुन्दशरण उपाध्यायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न:

इनेप्लिज २०७४ असोज ११ गते १६:२० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डालास र नेपाली संस्कृतिक तथा आध्यात्मिक केन्द्र को संयुक्त आयोजनामा  सेप्टेम्बर २४, आईतवार का दिन वरिष्ठ साहित्यकार तथा भाषाविद्, प्राज्ञ मुकुन्दशरण उपाध्याय संग “नेपाली भाषा, साहित्य र सँस्कृति” का विषय मा  एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाली मन्दिर मा सम्पन्न सो कार्यक्रम मा उपाध्याय ले नेपाली भाषा  र सँस्कृति नै नेपाली जाति को पहिचान हो र नेपाली जाति यिनै दुई कुरा को सँरक्षण गरेर नै विश्व मा आफ्नो अस्तित्व कायम राख्न समर्थ हुन्छ भन्नु भयो ।वहाँले  सँस्कृति को मूल तत्व लाई पनि विगार्न हुँदैन र भाषा को मूल प्रवाह मा पनि अवरोध ल्याउन हुँदैन भन्दै दूर्भाग्यवश अहिले नेपाल मा यी दुवै कुरा मा हस्तक्षेप हुन थालेको छ भन्दै केही उदाहरण हरु प्रस्तुत गर्नु भयो र हामीले दुवै थरी हस्तक्षेप को विपक्षमा चिन्तन गर्नु पर्छ भन्नु भयो । नेपाली सँस्कृति को विषय मा कुरा गर्दै वहाँ ले हिन्दू धर्म र वुद्ध धर्म दुवै को जन्मभूमि नेपाल नै हो भन्ने कुरा को पुष्टि पौराणिक ग्रन्थहरु वेद, महाभारत, रामायण, उपनिषद् हरु मा उल्लेख भएको बताउनु भयो । यसै प्रसङ्ग मा वहाँ ले विभिन्न ऋषि महर्षि हरु को जन्म थलो नेपाल कै विभिन्न क्षेत्र मा भएको कुरा स्पष्ट गर्दै वहाँँ हरु को योगदान को बारे मा चर्चा गर्नु भयो । एस्ता गौरव गर्न लायक बिषय हरु  हाम्रा सन्तति लाई बुझाउन पहिला हामी ले बुझ्न पनि जरुरी छ भन्ने आग्रह गर्नु भयो ।

यसरी नै वहाँ ले नेपाली भाषा को विषय मा बोल्दै विगत २०३४ साल देखि नेपाली भाषा को सँरक्षण गर्न अधिकार पाएका ब्यक्ति हरु बाट नै अदूरदर्शी किसिम ले  अध्ययन अनुसन्धान विना नेपाली भाषा र व्याकरण माथि हँचुवा किसिम का निर्णय हरु हुन गएका छन्, जस्का कारण  बि. सं. २०७४ मा नेपाल प्रज्ञा प्रतिष्ठान ले नेपाली शब्दकोश नै खारेज गर्नु पर्‍यो भन्नु भयो । एसको असर सारा पाठ्यक्रम र लेखक का कृति हरु मा समेत पर्न गएको छ, एस्तो गलत निर्णयका बिरूध्द मा आफूँ ले २०३४ देखि नै विरोध गर्दै तेस्को समाधान समेत प्रस्तुत गर्दै आएको कुरा अहिले आएर अझ सान्दर्भिक र सत्य साबित भएको  कुरा  ब्यक्त गर्नु भयो। बि. सं. २०२१ साल मै ‘प्राकृत पोखरा” नामक काव्य मा मदन पुरस्कार प्राप्त गर्नु भएका श्री उपाध्याय लामो समय देखि नेपाली भाषा, व्याकरण र साँकृतिक अनुसन्धान र सुधार का क्षेत्र मा लाग्दै आउनु भएको छ।

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज डालास च्याप्टर का अध्यक्ष बासु शर्मा को अध्यक्षता मा सम्पन्न सो कार्यक्रम को शुरु मा नेपाली साँस्कृतिक तथा आध्यात्मिक केन्द्र का अध्यक्ष रमेश पोखरेल ले स्वागत मन्तव्य राख्नु भएको थियो भने युवा कवि नेत्र आचार्यले कार्यक्रम सन्चालन गर्नु भएको थियो। सो अवसर मा नेपाली समाज टेक्सस का अध्यक्ष कृष्ण लामिछाने लगायत विभिन्न सँघ सँस्थाका पदाधिकारी हरू र अन्य ब्यक्तित्व हरु को सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया