बुधबार, कार्तिक १ २०७४ | Wed, October 18, 2017
नेपालको समय: ०९:३४ | Washington DC: 23:49

म्यान्चेष्टर सिटिका स्ट्राइकर एग्युरो कार दुर्घटनामा परि घाइते

काठमाडौँ, १४ असोज । म्यान्चेष्टर सिटिका स्ट्राइकर सर्जियो एग्युरो कार दुर्घटनामा परेर घाइते भएका छन् । एउटा सांगितिक कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनी दुर्घटनामा परेका हुन् ।सांगितिक कार्यक्रमबाट विमानस्थल फर्कने क्रममा उनी चढेको ट्याक्सी दुर्घटना भएको स्थानीय अधिकारीले बताएका छन् ।

 

च्याम्पियन्स लिग अन्तर्गत आज राति हुने चेल्सी विरुद्धको खेलका लागि उनी टिममा समावेश छन् । खेलअघि उनको स्वास्थ्य अवस्थाबारे जाँच गरिने छ । यो सिजनमा एग्युरोले सिटिको तर्फबाट ८ गोल गरिसकेका छन् ।

२०७४ असोज १४ गते २१:१७ मा प्रकाशित

यसमा तपाईको प्रतिक्रिया




फेसबुकमा हामी