युगान्डामा “दशैँ टिका ग्रहण तथा भेटघाट कार्यक्रम २०७४” सम्पन्न

इनेप्लिज २०७४ असोज १५ गते १७:०० मा प्रकाशित

हर वर्ष झैँ यस वर्ष पनि गैर आवासीय नेपाली संघ युगान्डाले यसै सेप्टेम्बर ३० तारिक शनिबारका दिन “दशैँ टिका ग्रहण तथा भेटघाट कार्यक्रम २०७४” सम्पन्न गरेको छ |

४५ जना नेपालीको उपस्थिति रहेको उक्त कार्यक्रममा जेष्ठ नागरिकको हैसियत मा आदरणीय बिजय नापित ज्यु तथा सुमित्रा मानान्धरज्यु बाट पण्डित सगुन पंगेनीको उपस्थितिमा आशिष मन्त्र पाठ गर्दै टिका तथा जमरा ग्रहण गराइएको थियो | यसै कार्यक्रमबाट उपस्थित आफन्त जनहरुबीच पनि टिका जमरा ग्रहण तथा दान दक्षिणा आदानप्रदान समेत भएको थियो |

पुर्व अध्यक्ष रमेश कंडेलको उदघोस संगै शुरु भएको कार्यक्रममा संस्था केका लागि भन्ने स्पष्ट पार्दै नेपाली नेपालि बिचको सद्भाव बढाउन तथा दुख पर्दा व्यक्ति सहभागी भएर कुरा गर्नु र संस्था सहभागी भएर कुरा गर्नुमा जमिन आशमान्को फरक रहने हुदा सबै नेपाली हरु संस्थामा आवद्द हुन आवश्यक रहने स्मरण गराउदै रास्ट्रिय गानबाट कार्यक्रम लाइ औपचारिकता दिइएको थियो |

कार्यक्रमका पुर्व अन्तराष्ट्रिय प्रतिनिधि जिभनाथ पंगेनीले स्वागत मन्तब्य दिदै गैर आवासीय नेपाली संघ युगान्डाले पुर्ब कालमा गरेका गतिविधिको छोटो जानकारी गराउनु भएको थियो भने वहांको बंगाली संस्थामा जोडिएर लाभ लिन सकिने भनाइको टिप्पणी गर्दै भारतको बंगाली संस्था वा बंगलादेशको बंगाली संस्था स्पस्ट गर्न तथा के लाभ लिन सकिन्छ भन्ने कुराको प्रस्न संस्थाका महासचिव रमेश शर्मा ले गर्नु भएको थियो |

भारतीय संस्था भएको स्पस्ट पार्दै विभिन्न संस्कृति नेपाली संग मिल्ने भएकाले आफ्ना प्रतिनिधि उनीहरुको कार्यक्रममा सहभागी गराउन सकिने र आफ्ना कार्यक्रमहरुमा पनि उनीहरुलाई सहभागी गराउन सकिने भान्नुभएको थियो | प्रवक्ता कमल दत्त भट्टले पहिले कार्यकालमा जे जति कामहरु भए त्यो भन्दा बढी गर्न सक्नुपर्छ भन्ने आशय ब्यक्त गर्दै शुभकामना मन्तब्य राख्नु भएको थियो | युगान्डामा एकमात्र नेपाली पण्डित शगुन पंगेनीले संस्थाबाट आफुले ड्रिम प्रोजेक्टको रुपमा एउटा नेपालीहरुको हकमा पशुपति मन्दिरको आशा गरेको स्पस्ट पार्नु भएको थियो |

कार्यक्रमको सांस्कृतिक फाटलाई सम्हाल्दै महिला संयोजक इन्दु उर्फ तारा गिरीले विभिन्न दशैँ गीतको मेसो मिलाई माहोल लाइ संगीतमय बनाउदै मनोरञ्जन प्रदान गर्नु भएको थियो |

कार्यक्रमको अन्तमा अध्यक्ष राजमणि ज्युले सम्पूर्ण उपस्थित जनलाई सम्बोधन गर्दै आफ्ना आगामी दिनमा ब्लड डोनेसन कार्यक्रमको आयोजना गर्ने तथा पण्डित पंगेनी ज्युले राखेको ड्रिम प्रोजेक्टका लागि गम्भीर भएर लाग्ने प्रतिबद्दता गर्दै यसकालागी युगान्डामा रहेका झन्डै २०० नेपालीको एक्यबद्दता आवश्यक रहेको जिक्र गर्दै उपस्थित जनलाई एक्बद्द गर्दै हातमा हात मिलाएर गोलबद्द गर्नुभएको थियो |

दशैँ कार्यक्रम सफल गर्नका लागि उल्लेख्य भूमिका खेल्ने उपाध्यक्ष बिनोद थापा, महासचिव रमेश शर्मा, प्रवक्ता कमल भट्ट, राज गिरि, तारा गिरि, मन्जुल पाठक, पुष्पलाल प्रजापति, प्रेम खरेल तथा चोटले ग्रस्त भएर पनि उपस्थित पुर्ब अध्यक्ष रमेश कंडेल लगायत सम्पूर्ण उपस्थितजन लाइ हिर्दय देखि धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन भएको घोसणा गर्नुभएको थियो |

प्रतिक्रिया