स्विटजरल्याण्डको जुरिचमा यसरी मनाइयो बडादशैं कार्यक्रम

इनेप्लिज २०७४ असोज १५ गते २०:०९ मा प्रकाशित

सेप्टेम्वर ३० शनिवारको दिन स्विटजरल्याण्डको जुरिचमा हिन्दुहरुको महान चाड बिजया दशमी सम्पन्न भएको छ l स्विटजरल्याण्डको बिभिन्न स्थानमा बसोवास गर्ने नेपाली लगाएत नेपाल प्रेमी बिदेशीहरुले मान्यजनहरुबाट टीका ग्रहण तथा आशिर्बाद लिई महान चाड बडादशैँ रमाइलोका साथ मनाए l गत हप्ता दशैं कार्यक्रम स्विटजरल्याण्डको जेनेभामा पनि सम्पन्न भएको थियो l

कार्यक्रमको शुरुवात संगै मान्यजनको रुपमा चिनिने स्विटजरल्याण्डबासि नेपाली माधव आचार्यले बडा दशैंको महत्वबारे जानकारी गराएका थिए l चण्डी पाठ माधव आचार्य,कमल भट्ट,सौरव नेपालीले गरेका थिए भने दुर्गा पुजा ,चम्पा ज्ञवाली र माला आचार्यले गरेका थिए l बिन्दु स्टाइनमानबाट टिका ग्रहण गरेका थिए l पुजा पाठबाट उपस्थित रहेका नेपाल प्रेमी स्विसहरुले नेपाल र नेपालीको संस्कृति बुज्ने मौका मिलेको आभास भएको थियो l

स्विस नेपाली समाजको आयोजनामा गरिएको उक्त दशैं कार्यक्रममा एन आर एन ए स्विसको सहकार्य रहेको थियो l नेपाली कार्यक्रममा हुने आसन ग्रहण र भाषण गर्ने प्रथालाई अन्त्य गर्दै कार्यक्रमको संचालक नव निर्वाचित एन आर एन ए स्विसका महासचिव शुक्र श्रेष्ठले गरेका थिए l नव निर्वाचित एन आर एन ए स्विसका अध्यक्ष भुमि गुरुङले उपस्थित सबैलाई बडादशैंको शुभकामना दिंदै स्विटजरल्याण्डबाट युरोप संयोजकमा बिनय श्रेष्ठ र युरोप सह संयोजकमा धर्म गुरुङले उमेद्वारी दिएको जानकारी गराउंदै सफलताको शुभकामना दिएका थिए l

स्विस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुलद्वारा कार्यक्रम सफल बनाउन आफ्नो सम्पूर्ण तन,मन र समय दिने स्विस नेपाली समाजका कार्यकारी सदस्य साथै स्विटजरल्याण्डका लागि पर्यटन दुत कमल भट्ट रहेका थिए l बिभिन्न मिठा नेपाली खानाका परिकार पस्कने जुरिच स्थित रहेको नेपाली रेस्टुरेन्ट “नानु” रहेको थियो l

आफ्नो सांस्कृतिक कला प्रस्तुत गर्ने स्थानिय कलाकारहरु गौरी गुभाजु, राजेन्द्र भण्डारी,कल्पना लामा,फुर्बा शेर्पा लगाएत कार्यक्रममा उल्लेखनीय सहभागिता रहेका सम्पूर्ण उपस्थितिहरुलाई दशैंको शुभकामना र हार्दिक धन्यवाद दिएका थिए l कार्यक्रमको अन्तमा बिभिन्न गितमा उपस्थितिहरु नाच्दै खुशी उमङ्गका साथ बडादशैं २०७४ मनाएका थिए l

प्रतिक्रिया