रामचन्द्र खरेल द्वारा एनआरएनए का सह-कोषाध्यक्ष उम्मेदवारको घोषणा

इनेप्लिज २०७४ असोज १५ गते २३:२२ मा प्रकाशित

अमेरिकाको डीसी महानगर क्षेत्रमा दुई दशक भन्दा ज्यादा बस्दै आएका संचार कर्मी तथा एनआरएनए अभियानमा निरन्तर लागि रहेका रामचन्द्र खरेलले एनआरएनए का सह-कोषाध्यक्ष उम्मेदवारको घोषणा गरेका छन् l

उनले एक छापा बिज्ञप्ति निकाल्दै २००५ देखी गैर आवासिय नेपाली संघमा आवद्ध भई २००९ देखि अहिलेसम्म लगातार गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विधान समितीमा रहेर कार्य गरिरहेको र संघका विधान, ऐन तथा प्राय जसो सबै नियामावलीहरु को पुर्ण ज्ञान भएकोले उम्मेदवार को घोषणा गरेका छन् l

खरेल एनआरएनएमा विभिन्न पदमा काम गरि सकेका छन् भने केन्द्रीय सल्लाहकार समेत भै सकी काम गरेको अनुभव उनि संग छ l

उनको छापा बिज्ञप्ति को पूर्ण पाठ जस्ता को तस्तै :

सम्पूर्ण आदरणीय ग़ैर आवाशिय नेपालीहरुमा वडादशैको हार्दिक मंगलमय शुभकामना ब्यक्तगर्दै आफू गैर आवसिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्बय परिषद (NRNA ICC) को सह-कोषाध्यक्ष पदमा मेरो उम्मेद्वारी दिने निर्णयका साथ यहाँहरु समक्ष सहयोगका लागि हार्दिक अवरोध गर्दछु।

नेपालीका लागि नेपाली, एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने गैर आवासिय नेपाली संघको मूल नारालाई अवलम्वन गर्दै नेपालमा तथा नेपाल वाहिर विगतमा भएका प्राय सवैजसो उच्च स्तरिय प्रतिनिधि मण्डलहरुमा सहभागी हुँदै आएको हुँदा भविस्यमा हुने जुनसुकै उच्च ओहोदाका व्यक्तित्वहरु संग वहस गरि गैर आवासिय नेपाली संघको मूल्य, मान्यता र गरिमालाई उच्च पार्ने काममा हिम्मतका साथ गैर आवासिय नेपाली संघको प्रतिनिधित्व गर्नसक्ने आत्मविश्वास भएकोले

म आफै पनि क़ानूनी क्षेत्रबाट आउनुका साथै २००५ देखी गैर आवासिय नेपाली संघमा आवद्ध भई २००९ देखि अहिलेसम्म लगातार गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विधान समितीमा रहेर कार्य गरिरहेकोले गैर आवासिय नेपाली संघका विधान, ऐन तथा प्रायजसो सबै नियामावलीहरु को पुर्ण ज्ञान भएकोले।

गैर आवासिय नेपाली संघ राष्ट्रीय समन्वय परिषदमा मिडिया कोअर्डिनेटर तथा बोर्ड मेम्बर हुनुका साथै अन्तर्राष्ट्रिय समन्वय परिषद उत्तर-अमेरिकाको सह संयोजक र कार्यकारी संयोजक समेत रहि कामगर्नुका साथै गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको केन्द्रीय सल्हाकार समेतको अनुभव भएकोले गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदमा आफु क्षमता /दक्ष्य भएकोले ।

यि उल्लेखित कारणहरु लगायत अरु कैयौं आधारहरु भएकोले मैले गैर आवासिय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको केन्द्रीय सह-कोषाध्यक्ष पदमा उम्मेव्दारी दिने निर्णय गरेको छु।

यहाँहरू सवैको सप्रेम सहयोग पाउने कुरामा म ढुक्क छु । म आफनो काम र कर्तव्यमा नचुकीकन गैर आवासिय नेपाली संघको उद्देश्य प्राप्तिका लागि सवै प्रकारले समर्पित भएको निवेदन गर्दै सहयोगका लागि हार्दिक अनुरोध गर्दछु।

रामचन्द्र खरेल
उम्मेद्वार – सह-कोषाध्यक्ष
गैर आवसिय नेपाली संघ अन्तरराष्ट्रिय समन्बय परिषद (NRNA ICC)

प्रतिक्रिया