एभरेस्ट मिडियाको आयोजनामा आगामी अक्टोबर ६ तारिक अबुधाबीमा नेपाल आइडलको प्रस्तुति

इनेप्लिज २०७४ असोज १६ गते १५:५४ मा प्रकाशित

युएई ।
नेपाल आइडलका टप थ्रीको बिस्व यात्रा युएई बाट हुने भएको छ । नेपाल आइडलका विजेता बुद्ध लामा फस्ट रनरअप निशान भट्टराइ र सेकेण्ड रनरअप प्रताप दास सांगीतिक कार्यक्रमका लागि युएई आउने भएका छन । नेपाल आइडलको अन्य प्रतिस्पर्धी केंजल मेहर श्रेष्ठ र प्रमिला राइलाई पनि युएईका दर्शकले पहिले पटक नै सुन्न पाएका थिए । आयोजकले युएईमा हामि नेपालीको कार्यालय बरदुबईमा आयोजित पत्रकार सम्मेलनमा नेपाल आइडलको यस कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जनाएका छन । युएईमा दुई वटा कार्यक्रम आयोजना हुने छ । अक्टोबर ६ तारिक अबुधाबीको नेसनल थियटरमा अपराहन ३ बजे देखि हुने नेपाल आइडल लाइफ इन अबुधाबी नामकरण गरिएको सांगीतिक कार्यक्रम तथा अक्टोबर ७ तारिक साझ ७ बजे देखि दुबईको अस्कोट होटलमा पनि नेपाल आइडल लाइफ इन दुबाई हुने पत्रकार सम्मेलनमा आयोजकले बताएका छन ।

सेप्टेम्बर २२ तारिक कतारमा घोषित नेपाल आइडलका विजेता र रनरअपको अहिले विश्वभर डिमाण्ड छ । विश्वभरका लाखौं दर्शकले उनीहरुलाई सुन्न र हेर्न चाहेपनि पहिलो अवसर युएईका दर्शकले पाउने भएका हुन ्रसांगीतिक कार्यक्रममा नेपाल आइडलका अन्य प्रतिस्पर्धी अफ्सर अलि , प्रमिला राई एबम तिर्सना गुरुङको पनि प्रस्तुति रहने छ ।

आयोजकले कार्यक्रमका लागि टिकट दर ५० , १०० ,२०० र ५०० दिराम राखिएको छ । कार्यक्रमन सफल बनाउनका लागि प्राबिधिक टोलि अक्टोबर २ तारिक युएई आउने , अक्टोबर ४ तारिक कलाकारहरु एबम अक्टोबर ६ तारिक एपी वानको ब्याबस्थापन टिम युएई आउने आयोजकले जनाएका छन । नेपालको एक मात्र टेलिभिजन एपीवान एचडीमार्फत पहिलो पटक नेपालमा सुरु भएको आइडल सिरिजले सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई ऊर्जा दिएको छ । अहिले विश्वभर नेपाल आइडलको फाइनलमा पुगेका तीनजनाको सांगीतिक कार्यक्रमका लागि जति माग भइरहेको यसले पनि नेपाल आइडलको क्रेजलाई पुष्टि गरेको छ । प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको अडिसनमा हजारौं युवा सहभागी थिए । विभिन्न चरण पार गर्दै उत्कृष्ट १२ मा परेका प्रतियोगीलाई करोडौंले भोट गरे अनि सम्भवतः संसारभरका अर्बौं दर्शकले सो हेरेका थिए । एउटै सोबाट अनेक रसका मनोरञ्जन दिनु नेपाल आइडलको विशेषता बन्न सफल भयो। आफ्नै भाषाको एचडी च्यानलमा अन्तर्रा्ष्ट्रियस्तरको रियालिटी सोले देशविदेशमा रहेका करोडौं दर्शकलाई आकर्षित ग¥यो भने यूट्युब एवं फेसबुकमा नेपाल आइडलका हरेक सो भाइरल भयो । एभरेस्ट मिडियाको आयोजनामा आगामी अक्टोबर ६ तारिक अबुधाबीमा हुने नेपाल आइडलका बिजेताहरुको प्रस्तुति रहने सांगीतिक कार्यक्रमका लागि कार्यक्रममा आउने दर्शकका लागि आयोजकले निशुल्क यातायातको ब्यबस्था गर्ने भएको छ ।

युएईका मुख्य शहर दुबई , अल्लेन , रसलखेमा , फुझेराबाट एक सय दिराम भन्दा बढीको टिकट खरिद गर्ने सम्पूर्ण दर्शकलाई निशुल्क यातायातको ब्यबस्था गरिएको आयोजकले पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएका छन ।

नेपाल आइडल लाइफ इन युएईलाई सफल बनाउन आयोजकले बिभिन्न स्थलगत सुझावहरु संकलन गरिरहेको जानकारी गराउदै नेपाल र नेपालीको प्रतिष्ठालाई उच्च बनाउन सबैको सहयोगको अपेक्षा गरिएको बताए ।

 

प्रतिक्रिया