सर्लाहीमा मैले यस्तो नचाहिदो कल्पना गर्न बाध्य भए ,सम्भवत बिश्व मै पहिलो त्यस्तो अनौठो कल्पना

इनेप्लिज २०७४ असोज १९ गते २:१० मा प्रकाशित

 

आज आफ्ना पाठकलाई एक बिचित्र अनुभूति हिस्सा गर्न मन लाग्यो l म मानिस नै अनौठो l कस्तो कस्तो परिकल्पना पनि गर्दो रहेछु l हुन् त अलिक कच्चा उमेरमा जे पनि कल्पना गरिन्छ l तर मेरो कल्पना भन्दा अनौठो मलाई चै लागेको छ l आज ३० बर्ष पछि आफूमा परेको र आफुले कल्पना गरेको पाठक वर्गलाई पस्कन मन पर्यो l म आफुले जीवनमा भोगेका र अनुभूति गरेका कुराहरु पस्कन पाउदा मलाई औधि खुसि लाग्छ l

मैले परिकल्पना गरेको कुरा अलिक अचम्म र अनौठो छ l कस्ता कस्ता कुराहरु कल्पना हुन्छन l मेरो यो पृथक छ l म नेपालमा प्रचार प्रसार गर्ने पेसामा थिए l ओखति उद्योगमा २ दशक भन्दा ज्यादा बिताए l ओखति बिक्रि प्रतिनिधि (एमआर ) थिए l

प्रारम्भिक चरणमा पेशा बुझाइमा कम्जोर रहेछु भन्ने अहिले लागेको छ l बिशेष गरि ओखति बैज्ञानिक प्रणाली अनुसार प्रचार प्रसार गर्ने काममा थिए भन्नु पर्ला l घर बाट एकल हिड्ने बानि नभएको त्यस माथि पनि रात अतिथि गृहमा बस्नु पर्ने हुँदा अलिक घर बिरामी (होम सिक ) न्याश्रो लाग्दो रहेछ भन्ने अहिले त्यो कुराको मलाई ज्ञान भयो l

कुरा सर्लाही मलंगवा को हो l भदौ महिनाको महा गर्मिमा धर्मशालामा बस्नु पर्यो l मच्छर ,कतै बाट हावा छैन l सुनसान कता हो कता आएको जस्तो भयो l बिच बजार मा बास बसेको l धर्मशाला मा माकुराको जाली l ओछ्यान पनि मैलो र गनाउने प्रकारको सिरानी l सस्तोमा बसियो l

आफु मलंगवा बिहान आएर आफ्नो पेशाको काम अर्थात् ओखति बिक्रि प्रतिनिधि (एमआर )को सबै काम सके l चिकित्सक भेटघाट र ओखति पसल भेटघाट चै भयो l तर कता कता कस्तो पेशा रहेछ जस्तो पनि लाग्यो l

ओछ्यानमा ढल्के पछि निन्द्रै लागेन l खटपट भयो l अनि एक्कासी दिमागमा यस्तो कुरा आयो l कल्पना गरे l ओखति को प्रचार र प्रसार गरेर त आए l ला —अब के हुन्छ होला भन्ने मन मा डर पस्यो l

प्रतिष्ठान (कम्पनि )को ओखति प्रतिनिधिले भेटघाट (भिजिट )गरे पछि चिकित्सकले ओखति कम्पनि (प्रतिष्ठान )को लेखि त दिन्छन ? तर त्यो ओखति खाए पछि बिरामी मर्ने हुन् कि भन्ने पो सोच्न थाले ? किन यस्तो दिमागमा आयो होला ?

यति मात्रा मैले सोचिन ,ला ,मैले भनेको ओखति चिकित्सकले लेखि दिन्छन ,र बिरामी निको हुनु को सट्टा थला पर्छन अनि मर्छन l मरे पछि हल्ला खल्ला हुन्छ l यस्तो राति ११ बजे सोच्न थाले l अनि त्यति मै मेरो कल्पना सकिएन l अझ परिकल्पना गर्दै गए l

अझ थप यस्तो कल्पना गरे ; हाम्रो ओखतिले मानिस मर्छ ,अनि खोज तलास हुन्छ l कुन ओखति हो प्रहरी अनुसन्धान हुन्छ l यो ओखति त फलाना कम्पनि को पो हो भनि पत्ता लगाउछन l

पत्ता लगाई सके पछि अझ अनुसन्धान हुँदा यसको प्रचार प्रसार गर्ने मानिस अर्थात् ओखति बिक्रि प्रतिनिधि (मेडिकल रिप्रिजेनटेटिभ ,एम आर ) त आज दिउसो ओखति पसल र चिकित्सक कहाँ देखेका थियौ भन्ने कुराकानी हुन्छ l

दोकानेले त्यो खिरिलो मान्छे (म त्यो उमेर मा दुब्लो थिए )फलाना धर्मशाला मा बसेको देखेको थिए भने चर्चा परि चर्चा चल्छ l हुल मानिसहरु —-ल,गइ हालौ जौ जौ त्यो पाहुना घर भनेर लाठी र मुङ्ग्रो लिएर आउछन भन्ने कल्पना ओछ्यानमा सुतेर गरे l

खोज तलास गर्दा ,बास बसेको ठाउमा हल्ला खल्ला हुन्छ ,बाहिर बाट मानिसले हत्यारा बाहिर निस्की भन्छन भन्ने कल्पना पनि गरे l अनि ड्याङ्ग ड्याङ्ग ,डुंग डुंग गर्दै ,दे ! दे ! साला लाई भन्दै मेरो ढोकामा आएर ढोका खोल हत्यारा भन्दै लात्ती ले ढोका फोडेर मलाई दात ,नाक,मुख र आँखामा निर्दयी रुपमा कुटछन् भन्ने कल्पना पनि मेरो खोपडीमा आयो l

अनि मलाई लछार पछार पारेर अस्पताल पुर्याएको पनि कल्पना गरे l अर्थात झन्डै ३० बर्ष अगाडी यस्तो कसैले नसोचेको ,कसैले परिकल्पना नगरेको मैले सोचे l र राती निन्द्रा र खानपिनको कष्ट भएर होला शायद त्यस्तो न्यून नकारात्मक सोच्न बाध्य भएछु l

कल्पना मात्र गरेको हु l त्यो पनि सर्लाही मलङ्गवामा l आज अमेरिकामा कलम चलाउने क्रममा त्यो घटनाको याद आयो l बिशेष फर्मा (ओखति संग्रह )उद्योगमा काम गर्ने लाई बिशेष अनौठो लाग्न सक्छ l घटेको सत्य हैन ,केवल त्यस्तो अवस्थामा आज भन्दा ३० बर्ष अगाडी मैले परिकल्पना मात्र गरेको अवस्था हो l

आफु काम गर्ने प्रतिष्ठान बाट उत्पादित ओखति प्रचार प्रसार गर्ने मानिस लाई दबाई माथि शंका उपशंका छ भने भिन्न कुरा हो l ओखति जस्तो संबेदनशिल चिजमा कसरि आफुले खुद प्रचार प्रसार गरेको ओखति खाए पछि मानिस मर्छ भन्ने सोचे l सोचाई नै पूर्ण गलत हो l प्रहरी र प्रशासन छैन त कारवाही गर्ने निकाय ? त्यसैले म भन्छु कसैले नसोचेको मेरो यो कल्पना आज सम्म कै सबै भन्दा अनौठो l बिश्व मै पहिलो l

प्रतिक्रिया